तीनधारेदेखि सिविटार पुग्ने रोडको मरम्मती कार्य शुरु

Share this news

तीनधारे , (निसं): तीनधारेदेखि सिविटारसम्म पुग्ने प्रधानमन्त्री ग्राम सड़क योजनाको रोड मरमत्तिको कार्य चलिरहेको छ। हालमा उक्त रोडको मरमत्ति अन्तर्गत अलकत्र बिछ्याउने कार्य भईरहेको छ। तीनधारेको गोलाई पाखादेखि सिविटारको बाघमारा बस्ती हुँदै तितिरी खेल मैदानसम्म लगभग 5 किलोमिटरको लामो रोड मरमत्तिको कार्य चलिरहेको छ। तीनधारेदेखि सिविटारसम्म पुग्ने रोडको अवस्था अत्यन्तै जीर्णावस्थामा पुगेको थियो जसले गर्दा स्थानीयहरुलाई धेरै असुविधा भईरहेको थियो। स्थानीयहरुको असुविधालाई ध्यानमा राखेर धेरै पर्खाईपछि हालमा मरमत्तिको कार्य चलिरहेको छ। केही समय अघिदेखि यो रोड मरमत्तिको कार्य चलिरहेको छ भने बिहीबारदेखि सुविटारको तितिरी खेल मैदान क्षेत्रदेखि अलकत्र बिछ्याउने कार्य शुरु गरिएको छ।

यस रोडमा अलकत्र बिछ्याउने कार्य शुरु गरिएकोले स्थानीयहरुलाई गाड़ी नकुदाई दिने अनुरोध गरिएको छ। अलकत्र बिछ्याउने कार्य भईरहेकोले सिविटारबाट चल्ने गाडीहरु बिहान 9 बजीभित्र निस्कनु पर्ने साथै बेलुका आईदिने पनि अनुरोध गरिएको छ। यसको साथै आपतकालीन सेवाको गाड़ीहरुलाई भने छुट दिइने बताइएको छ। यसको साथै यस रोडको मरमत्तिको कार्य चलिरहेको कारणले यो रोडमा चल्ने गाडीहरुलाई वैकल्पिक मार्गको प्रयोग गरिदिने निवेदन पनि गरिएको छ। सिविटारसम्म आउने गाडीहरु महानदी भएर आउन सक्ने र सिविटारको शिवखोला र बाघमारा बस्ती शउन परेमा तीनधारे भएर आउन सकिने पनि जनाइएको छ।

यस रोडको मरमत्तिको कार्य विषयमा पत्रकारहरुसित कुराकानी गर्दै महानदी ग्राम पञ्चायतको पञ्चायत समिति सदस्य एवं भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको उप सभापति कुसाङ लामाले तीनधारेदेखि सिविटारसम्म पुग्ने रोडको मरमत्तिको कार्य चलिरहेको छ र यस क्षेत्रमा चल्ने गाड़ीहरुलाई बिहान समयमै चलाई दिने र बेलुका फर्किदिने अनुरोध गरेका छन्‌‍। उनले यो रोडको जीर्णावस्थालाई हेरेर जीटीए प्रमुख अनित थापाको निर्देशनमा मरमत्तिको कार्य शुरु गरिएको र स्थानीयहरुको तर्फबाट जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्‌‍। लामाले यस रोडको मरमत्तिको कार्य गुणस्तरीय हुनु पर्ने विषयमा स्थानीयहरुले पनि निरीक्षण गर्नु पर्ने आह्वान्‌‍ गरेका छन्‌‍। उनले तीनधारेदेखि सिविटारसम्म पुग्ने रोडको मरमत्तिको साथै महानदीदेखि सिविटारसम्म पुग्ने रोडको पनि मरमत्तिको कार्य चलिरहेको बताएका छन्‌‍। उनले यसको साथै सिविटारको गैरी गाउँदेखि तितिरी खेल मैदानसम्म पुग्ने रोडको पनि चाढै मरमत्ति गरिने भएको जानकारी गराएका छन्‌‍।

Share this news
आजको रोजाइ
फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

आजको रोजाइ