गोर्खे हाट बजार म्युजिक भिडियोको सार्वजनिक 

Share this news

दार्जीलिङ,23 जनवरी(निसं):दार्जीलिङको नगरपालिको क्यापिटल भवनमा गोर्खे हाट पसलको आयोजनामा दार्जीलिङ  नगरपालिकाद्वारा निर्मित, गोर्खे हाट बजार म्युजिक भिडियोको विधिवत सार्वजनिक गरिएको छ। उक्त कार्यक्रम दार्जीलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरीको प्रमुख आतिथ्य, नगर पार्षद क्रमैले गणेश सार्की, मणि लामा, उषा राई, रत्न लामा साथै यस म्युजिक भिडियोका गायक राजु राई,  गीतकार संगीत संयोजक संगीतकार धिरेन्द्र लामाको विशिष्ट आतिथ्यमा सम्पन्न गरियो। कार्यक्रमका प्रमुख अतिथि विशिष्ट अतिथिको बाहुलीबाट गोर्खे हाट बजार म्युजिक भिडियोको लोकार्पण गरिएपछि प्रमुख अतिथि दिपेन ठकुरीद्वारा म्युजिक भिडियो विधिवत लोकार्पण भएको आधिकारिक घोषणा गरियो। उक्त कार्यक्रमलाई प्रमुख अतिथि अनि विशिष्ट अतिथिहरूले सम्बोधन गर्दै गोर्खे हाट गुन्द्री बजारलाई सफलतापूर्वक सञ्चालन गर्दै लाने अनि गोर्खे हाट बजारको गरिमालाई यथावत अनुशासित रुपमा सञ्चालन गर्ने बताए। म्युजिक भिडियोको लोकार्पणपछि कार्यक्रममा सहभागी सम्पूर्ण अतिथिवर्ग साथै गोर्खे हाट पसलका सम्पूर्ण प्रतिनिधि अनि सदस्यहरूमा गायक राजु राईद्वारा आभार प्रकट गर्दै धन्यवाद दिए भने संगीतकार धीरेन्द्र लामाले एल्बममाथि आफ्नो मन्तव्य राखेका थिए। आज लोकार्पित गरिएको यस म्युजिक भिडियोका गायक राजु राई रहेका छन् भने शब्द संगीत धीरेन्द्र लामाको रहेको छ। अनि यस म्युजिक भिडियोलाई सम्पादन छायाङ्कन अनि परिकल्पना विद्युत हामीले गरेको छ भने ड्रोन सञ्चालक किशन राई रहेका छन्। यसको साथै क्यामेरामा दीक्षित यल्मो अनि मिक्सिङ मास्टरिङ रहेको छ। जीवन प्रकाश प्रधानको। यसै समारोहमा प्रमुख अतिथि साथै विशिष्ट अतिथि वर्गमा आयोजकको पक्षबाट स्मृति चिन्ह अनि उपहारहरू प्रदान गरियो।

Share this news
आजको रोजाइ
प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

आजको रोजाइ