रिम्बिक-लोधोमा समष्टिमा भ्रष्टाचारको आरोप 

Share this news

रिम्बिक,23 जनवरी (निस): गोर्खा जनमुक्ति मोर्चा(गोजमुमो) केन्द्रीय प्रतिनिधि नरेन्द्र काम्बाङले सत्ता बिरुद्ध मोर्चा खोल्दै भ्रष्टाचारको आरोप लगाएका छन। उनले एक प्रेस विज्ञप्ति जारी गर्दै जीटीए(गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन) सभाको एक नम्बर समष्टि रिम्बिकलोधोमा समष्टि भ्रष्टाचारमा पनि एक नम्बर भएको बताएका छन।काम्बाङले सरकारी तहको सबै विकासमुखी काममा व्यापक धाँधली भएको भन्दै केवल जनतालाई झुकाउदै भ्रमको राजनीति मात्र चलिरहेको बताए। उनले स्थानीय सभासद नोर्देन शेर्पाको भेद खोल्दै जन प्रतिनिधिको हिसाबमा उनले भ्रष्टाचार बिरुद्ध ठोस कार्यवाही गर्न नसकेको मनशाय पोखे। यसका साथै काम्बाङले भ्रष्टाचार बिरुद्ध अङ्कुस लगाउनुको साटो टेवा दिइरहेको गम्भीर आरोप लगाए। उनले भने, जन प्रतिनिधि भएकोले सभासदले कमसेकम बिकास मुखि काममा भईरहेको भ्रष्टाचारको संज्ञान लिनु पर्ने दायित्व थियो तर सभासद स्वयं नै कामहरुमा साझेदारी (पार्टनरशीप) अनि धेरै ठूलो रकम कटमनिको रुपमा उठाएर चलिरहेको छ। सभासदले कार्वाही नगरेपनि काम राम्रो वा गुणस्तरीयता अनि समयसिमामा सिद्धाउने तिर जोड दिन सक्थे सुझावको रुपमा तर सभासदबाट यति काम पनि भएन, उनले बताए। भ्रष्टाचारको पैसाले सजिएको सत्ताको रमझम अनि धाधँलीको पैसाले षोषण पाएको चौकिले कदाचित जनहितमा आवाज उठाउनु नसक्ने काम्बाङले थपे।
आफ्नो बिज्ञप्तिमा गोजमुमो नेताले, रिम्बिक लोधोमा क्षेत्रमा व्यापक भ्रष्टाचार अनि धाधँली भएको समष्टि रुपमा परिचित रहेको बताए। उनले बाटो ,पानी,समाज भवन,कृषि ,सबै गरेर गत 2017 सालदेखि लगभग 350 करोडको  योजनाहरुको सठिक कार्यनयन नभएको आम्बाङले  आरोप लगाए।

Share this news
आजको रोजाइ
प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आजको रोजाइ