Awareness program for organic tea producers
Awareness program for organic tea producers

अर्गानिक चिया उत्पादक कृषकहरुलाई लिएर जागरुकता कार्यक्रम

Share this news

सिटोङ अर्गानिक स्मल टिई ग्रोवर्स वेलफेयर सोसाइटीको स-साना चिया उत्पादक कृषकवर्गलाई लिएर चिया खेती सम्बन्धि एक जागरुकता कार्यक्रम संस्थाका अध्यक्ष विश्वास लामाको सभापतित्वमा बुधबार आयोजन गरिएको थियो। माना हिल्स स्थित आरोग्य फार्ममा भएको उक्त जागरुकता कार्यक्रममा विशेषरुपले चियाकृषिमा रुचि राखेर चिया खेती गर्न चाहने सिटोङ क्षेत्रका उद्यमी नयाँ कृषकहरुलाई सोलिडरीडैड एसिया,दार्जीलिङ हिल्सका परामर्शदाता उत्तर कुमार राईले चियाकृषि बारेमा आवश्यक र अनिवार्य परामर्श दिनका साथै चियाखेतीप्रति जागरुक गराएका थिए। शोधव्यक्ति राईले उपस्थित नयाँ चिया कृषकहरुलाई चियाकृषि कार्यमा अप्नाउनुपर्ने तकनिकी ज्ञान र प्राविधिक विषय एवं पद्धतिहरुको जानकारी दिएका थिए। दार्जीलिङमा सिटोङ क्षेत्र पर्यटन व्यवसायमा आज खुबै प्रसिद्ध रहेको छ भने यहाँका साना चिया उद्योगमा लागिपरेका चिया कृषकहरूले चियालाई जीविकोपार्जनको माध्यम बनाएर स्वनिर्भर भई आर्थिक जीवनस्तरको विकास पनि गर्न सकिनेछ भनी थप परामर्श दिए।

यहाँका नयाँ पींढी र नयाँ पुस्तालाई पनि कृषिकार्यमा जागरुक गराएर बेकारी समस्या अनि पलायनवादको समस्यालाई कम गराउनको साथै स्थानीय मानिसहरुको नीजी भूमिको संरक्षण पनि गर्नुपर्ने आवश्यकता रहेको गहन कुराप्रति राईले सुझाव राखे। सन् २०२१ देखि आधिकारिक रुपमा सिटोङ संस्थासङ्ग संलग्न रहेर सोलिडरीडैड एसिया, दार्जीलिङ हिल्स परामर्शदाताको रुपमा कार्य गर्दै आएका राईले चिया कृषिकार्यमा विविध आवश्यक प्रशिक्षणहरु उपलब्ध गराइरहेका छन् अनि आगामी दिनमा पनि सहयोग गरिरहने बताए। यसरी नै राईले जैविक कृषि प्रणालीको मापदण्ड अनि यसको नियम पद्धति बारेमा पनि संक्षिप्तमा बताए।

सिटोङ अर्गानिक स्मल टिई ग्रोवर्स वेलफेयर सोसाइटीका ४० जना पुराना कृषकहरू लगायत यस बर्ष २०२६ मा २० जना नयाँ कृषक सदस्यहरु संस्थामा जोडिने भएका छन्। संस्थामा जोडिन आउने नयाँ कृषकहरुलाई संस्थाका सभापति विश्वास लामाले स्वागत जनाए। संस्थाका प्रमुख सल्लाहकार रोशन गुरुङ अनि कोषाध्यक्ष किशोर खवासले चिया कृषि सम्बन्धित थप आवश्यक जानकारी साझा गरे। यो कार्यक्रममा उपस्थित नयाँ कृषकहरुमाझ संस्थाको आफिसियल कामकाज अनि नियमहरु साथै टिई बोर्ड अफ इण्डियाबाट प्राप्त गर्न सकिने सरकारी सुविधा र सहुलियतहरु बारेमा सचिव विकास राईले विस्तृत जानकारी गराए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ