पत्रकार किरण छेत्रीलाई खस गौरव सम्मान प्रदान

Share this news

खरसाङ, (निसं): सोनादा निवासी पत्रकार किरण छेत्रीलाई खस गौरव सम्मान प्रदान गरिएको छ। कालेबुङको मेला ग्राउण्डमा सम्पन्न दशौँ खस भारतीय हितकारी सम्मेलनमा उनलाई उक्त सम्मान प्रदान गरिएको छ। उक्त कार्यक्रममा दार्जीलिङका सांसद राजु विष्ट, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए भने विभिन्न स्थानहरुबाट हितकारी सम्मेलनका पदाधिकारीहरु र प्रतिनिधिहरु उपस्थित रहेका थिए। पत्रकार किरण छेत्रीलाई समाजमा पत्रकारको रुपमा उल्लेखनीय योगदान दिएकोमा उक्त खस गौरव सम्मानले सम्मानित गरिएको छ। उक्त सम्मान कार्यक्रमको आयोजना खस हितकारी सम्मेलन केन्द्रीय समितिको आयोजनामा कालेबुङमा गरिएको थियो। उक्त सम्मान भारतीय हितकारी सम्मेलन केन्द्रीय समितिको सभापति मदनकुमार मिश्रको बाहुलीबाट प्रदान गरिएको छ। पत्रकार किरण छेत्री सोनादाको नाली चउर निवासी हुन्‌‍ भने उनले दार्जीलिङ, सोनादा र खरसाङ क्षेत्रको प्रतिनिधिको रुपमा पत्रकारिता गरिरहेका छन्‌‍। उनले विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा दिएको उल्लेखनीय योगदान दिन्दै खस जातिलाई गौरवान्वित बनाएकोमा सम्मानित गरिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड