खरसाङ नगरपालिकाको टोली कलकत्ता प्रस्थान

Share this news

खरसाङ, (सुवास छेत्री): खरसाङ नगरपालिकाका विभिन्न विकासमूलक कार्यहरूको निम्ति नगरपालिकाका एक टोली कलकत्ता प्रस्थान गरेका छन्‌‍। नगरपालिका उपाध्यक्ष सुवास प्रधानको नेतृत्वमा गएको टोलीले खरसाङ नगरपालिका अन्तर्गत रहेका विभिन्न समस्या अनि विकासका कार्यहरूको निम्ति कलकत्ता प्रस्थान गरेका हुन्‌‍। यसबारे जानकारी गराउँदै नगरपालिका उपाध्यक्ष सुवास प्रधानले खरसाङ नगरपालिकाका वर्तमान एवम्‌‍ भूतपूर्व कर्मचारीहरूको पेन्सन समस्या विषयलाई लिएर विगतमा पनि सम्बन्धित मन्त्रीहरूसँग भेट गर्ने कार्य गरिएको भए तापनि केही पुनः यसबारे स्मरण गराउन कलकत्ता गएको बताए।

प्रधानले थप जनाए अनुसार यसबारे सम्बन्धित अधिकारीले चाँडै यस दिशामा कार्य गर्ने आश्वासन दिएका छन्‌‍। त्यसरी नै खरसाङ क्षेत्रमा ग्यासलेस शवदाह गृह बनाउने दिशामा पनि विगत केही वर्षदेखि खरसाङ नगरपालिकाले पहल गरिरहेको अवगत गराउँदै यस दिशामा पनि पुनः स्मरण गराइएको जनाउँदै प्रधानले यसको निम्ति डीपीआर पनि बुझाउने निर्देश दिए अनुसार त्यो पनि बुझाइएको जनाए। खरसाङ्को दुरपीन डाँडामा रहेको इगल क्य्राक अर्थात्‌‍ शहीद पार्कलाई पनि बहुद्देश्यीय अनि अझ सुन्दर तरिकाले निर्माण गरिनुपर्ने नगरपालिकाले राखेको प्रस्तावलाई स्वीकृति दिँदै त्यसको पनि डीपीआर बुझाइएको जनाए। अब यो पार्क कम्तीमा एक करोड रुपियाँसम्मको लागतमा बनिन सक्ने पनि जानकारी तिनले दिएका छन्‌‍।

जीटीए प्रमुख अनित थापाले विगतमा पनि अमृत योजना 2.0 अन्तर्गत परियोजना ल्याइदिएको अवगत गराउँदै खरसाङ्मा स्वरेज सिस्टम ठीक नभएको कुरालाई ध्यानमा राखेर उनकै सपनालाई साकार पार्दै यसको निम्ति पनि सम्बन्धित मन्त्री अनि विभागीय अधिकारीहरूलाई डीपीर बुझाइएको औ सो कार्य पनि अब खरसाङ नगरपालिका क्षेत्रमा चाँडै शुरू हुने बताएका छन्‌‍। खरसाङ नगरपालिका रेभिन्यु राम्रो नभएको कुरालाई ध्यानमा राखेर शहरका विभिन्न स्थानमा ठूल्ठूला एलइडी लगाएर विज्ञापन देखाउने प्रक्रियाको पनि एउटा प्रस्तावना बुझाइएको अवगत गराउँदै यसले केही हदसम्म विज्ञापनमाथि मानिसहरूको ध्यान केन्द्रित हुने जनाउँदै यो कार्य पनि अवश्य पूरा हुने विश्वास तिनले लिएका छन्‌‍।

खरसाङ नगरपालिकामा एसएसके पढ़ाउने शिक्षक-शिक्षिकाहरूको मासिक वेतनलाई लिएर पनि टोलीले सम्बन्धित निकायसँग कुरा राखेपछि निकायले चाँड़ै यसको पनि समाधान गरिदिने आश्वासन दिएको प्रधानले जनाउँदै अर्कातर्फ स्वस्थ कर्मचारीहरूले पाउनुपर्ने अधिकारको बारेमा पनि जनाइएको बताउँदै उनीहरूको पनि समस्याको समाधान हुने बताएका छन्‌‍।

यी जम्मै विषयहरूलाई लिएर आगामी पन्ध्र दिनभित्रमा फेरि एकचोटि कलकत्ता आउने आग्रह गरेको जनाउँदै तिनीबरू पुनः यसको निम्ति कलकत्ता जाने अवगत गराएका छन्‌‍। नगरपालिकाका सबै समस्याहरूलाई यसरी समाधान गरिदिने आश्वासन दिइएकोमा पश्चिम बंगाल राज्य सरकार तथा सम्बन्धित मन्त्रीहरू तथा विभागीय अधिकारीहरूप्रति नगरपालिकाको पक्षबाट प्रधानले आभार गरेका छन्‌‍। टोलीमा नगरपालिकाका उपाध्यक्ष सुवास प्रधानसँगै विभागीय अधिकारीहरू सञ्जय प्रसाद, विशाल सुनुवार तथा इओ सामेल थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ