Providing essential materials to societies from OSR funds
Providing essential materials to societies from OSR funds

ओएसआर कोषबाट समाजहरूलाई आवश्यक सामग्री प्रदान

Share this news

बोङ ग्राम पञ्चायतले अन्य स्रोत कोष (ओएसआर) मार्फत ग्राम पञ्चायत अन्तर्गत विभिन्न समाज तथा संस्थाहरूलाई आवश्यक सामग्रीहरू प्रदान गर्ने कार्यलाई निरन्तरता दिँदै बुधबार पुनः एक कार्यक्रमबिच विभिन्न संसदका सक्रिय समाजिक संस्था (क्लब) -हरूलाई मागअनुसारको आवश्यक समाग्री वितरण गर्‍यो। यसमा बोङ ग्राम पञ्चायत अन्तर्गत गैरी गाउँ, बरबोटे गुम्बा गाउँ, टारी गाउँ अनि अप्पर सालिम्बोङका विभिन्न समाजले अघि सारेको मागअनुसार सामग्रीहरू उपलब्ध गराइएको हो। यसमा कुर्सी, टेबल, भाँडाकुँडा, पन्डाल-पर्दा आदि उपस्थित समाजका प्रतिनिधिहरूलाई हस्तान्तरण गरिएको हो। सामग्री प्राप्त गर्ने समाजहरूमा प्रगति सर्व समाज गुम्बा गाउँ, जालपा सङ्घ गैरी गाउँ, मिलन परिवार गैरी गाउँ, गणेश मन्दिर ट्रस्ट गैरी गाउँ, सरस्वती दिव्य धाम मन्दिर समिति टारी गाउँ अनि जेएफएमएस अप्पर सालिम्बोङ, आईसीडीएस सेन्टर अप्पर सालिम्बोङ अनि जीवन ज्योति सङ्घ अप्पर सालिम्बोङ रहेका छन्।
सामग्री हस्तान्तरण कार्यक्रम बोङ ग्राम पञ्चायत कार्यालयमा सम्पन्न भएको थियो भने कार्यक्रममा बोङ ग्राम पञ्चायतकी प्रधान रेजिना लेप्चा, कालेबुङ–१ पञ्चायत समितिका कर्माध्यक्ष रोशन दाहाल, पञ्चायत सदस्य नामगे मगर, जानुका छेत्री, ग्ग्राम सहायक सञ्जय लामा साथै विभिन्न समाजका प्रतिनिधिहरू र ग्राम पञ्चायत कर्मीहरूको उपस्थिति रहेको थियो।
ग्राम पञ्चायतले विभिन्न समाज, सङ्घ-संस्था तथा क्लबहरूको सुदृढीकरण तथा स्थानीयस्तरमा सामाजिक सक्रियतालाई प्रवर्द्धन गर्ने उद्देश्यले यस्ता सामग्री वितरण गर्दै आएको छ। पञ्चायतको यो कदमले ग्रामीण समुदायमा सहकार्य, सहभागिता र संस्थागत सशक्तिकरणमा सकारात्मक प्रभावपार्ने विश्वासव्यक्त गरिएकोछ। यसरी सामग्री प्राप्ति पछि संस्थाको पक्षबाट प्रतिनिधिहरूले बोङ ग्राम पञ्चायतप्रति आभार व्यक्त गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ