Pradeep Sapkota's 'Rhythm of Yatra'
Pradeep Sapkota's 'Rhythm of Yatra'

प्रदीप सापकोटाको ‘यात्राको लय’ द्वितीय संस्करण सार्वजनिक

Share this news

प्रा.डा.लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ रोदन, प्रमोद प्रधान, डा.सृजना शर्मा, छविरमण सिलवाल, लेखनाथ हुमागाईं, केशव पराजुलीद्वारा नियात्राकार प्रदीप सापकोटाको ‘यात्राको लय’ द्वितीय संस्करण सार्वजनिक गरियो।

काठमान्डुमा आोजित कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.गौतमले सापकोटाको नियात्रा सरल र पाठकलाई डोर्याएर लाने सामर्थ्य भएको बताए। लेखनीमा इमान्दार हुनुपर्ने भन्दै सापकोटाले नियात्राकार इमान्दार रहेको देखिएको बताए।

कृतिमाथि परिचर्चा गर्दै समालोचक प्रमोद प्रधानले सापकोटाको नियात्रा द्वन्द्वकालीन समयको चित्र भएको बताए। उनले-निजात्मक अनुभूति र जानकारीमूलक नियात्रा लेखनीमा लागेका सापकोटाको कृतिले स साना दृश्यलाई अनुभूतिमय ढङ्गले लेखिएको बताए।

लेखकका गुरु लेखनाथ हुमागाईंले आफ्नो शिष्यको साहित्य सिर्जनाले खुशी भएको भन्दै उनको विद्यालय जीवनको समेत जानकारी दिए। यसरी नै अर्का चर्चाकार डा.सृजना शर्माले कृतिले विभिन्न यात्राका क्रममा भोगेका दुःख र पीडा, राष्ट्रियता र छिमेकीका हेपाहा प्रवृत्तिको वारेमा चर्चा गरिएको बताइन्। कृतिले पाठकलाई सङ्गै घुमाउने उनको भनाई थियो। ‘यात्राको लयले पूर्वदेखि सुदुर पश्चिमसम्मका विभिन्न स्थानहरुसम्म पाठकलाई लैजाने उऩले बताइन्। साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले नियात्रा यथार्थको जगमा उभिएर लेखिनुपर्ने बताए । स्रष्टा नियात्रा मात्र नभएर निजात्मक निबन्ध लेखनीमा समेत क्रियाशिल स्रष्टा भएको बताए।

नियात्राकार पवन आलोकले सापकोटाको सरल र सबैसंग घुलमिल हुने बानी रहेको भन्दै कृतिको सफलताको निम्ति शुभकामना दिए। अर्का साहित्यकार किशोर पहाडीले सापकोटासँग चिनजानको प्रसङ्ग कोट्याउँदै प्रदीप सापकोटाले नेपाली साहित्यको सेवा गर्दै रहेकोमा प्रशंसा गरे। साहित्यिक पत्रकार संघका राधेश्याम लेकालीले वहुआयामिक व्यक्तित्वको रूपमा सापकोटालाई चिनेको बताए। भुँडीपुराणका प्रबन्ध निर्देशक केशव पराजुलीले सापकोटालाई आफुले परिवारको सदस्यको रूपमा लिएको बताए।

उक्त कार्यक्रमको सभापतित्व श्रीओम श्रेष्ठ रोदनले गरेका थिए। सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रमको सहजिकरण प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवाल तथा स्वागत कोषाध्यक्ष तारा केसीले गरेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ