Respect to women who are moving in the direction of self-reliance
Respect to women who are moving in the direction of self-reliance

आत्मनिर्भरताको दिशामा अघि बढिरहेका नारीहरूलाई सम्मान

Share this news

कालेबुङका विधायक रुदेन सादा लेप्चाले, नारी घरभित्र मात्र होइन, व्यापार-व्यवसायमा पनि अग्रसर हुनपर्ने बताएका छन्। उनी कालेबुङ-१ पञ्चायत समितिमार्फत आत्मनिर्भरताको दिशामा अघि बढिरहेका नारीहरूको सम्मान गर्दै बोलिरहेका थिए।
मङ्गलबार एक होटलमा सम्पन्न उक्त कार्यक्रममा आत्मनिर्भरताको दिशामा उत्कृष्ट व्यापार, उत्कृष्ट कार्य तथा नारीहरूको क्षमता अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएका बहुउद्देश्यीय महिला प्राथमिक सहकारी संस्थाहरूलाई सम्मान जनाइयो।
कार्यक्रममा कालेबुङ विधायक रुदेन सादा लेप्चा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनीसँग जीटीए कार्यकारी सभाषद सिनोरा नाम्चु, एआरसीएस तथा डीआरडीसी डेपुटी प्रोजेक्ट डाइरेक्टर पाल्देन ग्याम्सो डुक्पा, विभिन्न ग्राम पञ्चायतका प्रधान, उप–प्रधान तथा पञ्चायत समिति सदस्यहरूको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन कालेबुङ-१ पञ्चायत समिति कर्माध्यक्ष रोशन दाहालले गरेका थिए भने सभापति ममता गुरुङले स्वागत सम्बोधन गर्दै नारी सशक्तीकरणलाई अझ बलियो बनाउने उद्देश्यले उत्कृष्ट कार्य गर्दै आएका नारी समूहहरूलाई सम्मान गरी अन्य नारीहरूलाई पनि प्रेरित गर्ने कार्यक्रमको मूल उद्देश्य रहेको बताइन्।
यस अवसरमा डेपुटी पीडी तथा एआरसीएस पाल्देन ग्याम्सो डुक्पाले कालेबुङ क्षेत्रमा नारीहरूले सहकारी संस्थामार्फत उदाहरणीय कार्य गर्दै आएको प्रशंसा गर्दै उत्कृष्ट तीन महिला सहकारी संस्थाको नाम घोषणा गरे।
सम्मान प्राप्त गर्ने संस्थाहरूमा कालेबुङ बहुउद्देश्यीय महिला प्राथमिक सहकारी संस्था लिमिटेडले स्वनिर्भर दल गठन, सीआईएफ ऋण कोष वितरण तथा समयमै पुनःप्राप्ति र आईएफसी परियोजना अन्तर्गत उत्कृष्ट गतिविधि सञ्चालन गरेवापत प्रथम स्थान, टाँसिडिङ बहुउद्देश्यीय महिला प्राथमिक सहकारी संस्था लिमिटेडले सीआईएफ ऋण कोष व्यवस्थापन, क्षमता विकास तालिम तथा आईएफसी परियोजनामा उत्कृष्ट कार्य गरेवापत दोस्रो स्थान अनि बोङ सरस्वती बहुउद्देश्यीय महिला प्राथमिक सहकारी संस्था लिमिटेडले आईएफसी परियोजना अन्तर्गत उत्कृष्ट गतिविधि तथा नारीहरूको क्षमता अभिवृद्धि गरेवापत तेस्रो स्थान हासिल गरे।
सम्मानस्वरूप विधायक रुदेन सादा लेप्चा तथा अन्य अतिथिहरूका बाहुलीबाट श्रद्धा, प्रशस्ती पत्र तथा नगद राशि प्रदान गरियो।
कार्यक्रमलाई सम्बोधन गर्दै विधायक लेप्चाले नारीहरू घरभित्रको जिम्मेवारीमा मात्र सीमित नरही व्यापार-व्यवसायमा पनि समान रूपमा अग्रसर हुनुपर्ने आवश्यकता औँल्याए। अहिले व्यापार व्यवसायको ठूलो लाभ पुरुषले लिइरहेका छन्, तर नारीहरूमा पनि उत्तिकै क्षमता छ, उनले, इच्छुक नारीहरूलाई म स्वयं मार्गदर्शक बनेर सधैँ साथ दिने बताए। उनले आफ्नो अनुभव साझा गर्दै हाल उत्कृष्ट परिणाम हासिल गर्ने सहकारी संस्था तथा नारी समूहहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नारी आत्मनिर्भरता नै समृद्ध समाजको आधार भएको उल्लेख गरे।
कार्यक्रममा कालेबुङ-१ खण्ड अन्तर्गत विभिन्न ग्राम पञ्चायत क्षेत्रका सहकारी संस्था, स्वनिर्भर दल तथा नारी सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ