AJAY EDWARDS
AJAY EDWARDS

आईजीजेएफले पहाड़का तीनै आसनमा उम्मेदवार उठाउने

Share this news

दार्जीलिङ, २1 जनवरी (निसं): पश्चिम बंगाल विधानसभाको आगामी चुनाउलाई केन्द्र गर्दै गोर्खा एकताको ढोका खुल्ला राखेर इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आईजीजेएफ) ले पहाड़का तीनैवटा आसनमा आफ्नै उम्मेद्वार उठाउने घोषणा गरेको छ। पार्टीका संयोजक अजय एडवर्ड्सले मङ्गलवार यस्तो घोषणा गरे।

आगामी विधानसभा चुनाउमाथि बोल्दै अजयले भने, चुनाउमा भाग लिने भए पनि उम्मेद्वारको नाम तय भएको छैन। चुनाउ कमिटी गठन गरिने र कसरी अगाड़ि बड्नुपर्ने भन्ने कुरा पनि सोही कमिटीले तय गर्ने बताउँदैउनले टीएमसी र भाजपासित गठबन्धन गर्ने पार्टीहरूसँग टाढ़ा रहने बताए। अजयले भने, गोर्खा एकता विषयमा धेरै होहल्ला छ। हामीले गोर्खा एकताको निम्ति ढोका खुल्लै राखेका छौं। भाजपाका घटक दलहरू छन्।

फेरि भाजपाको कुम्लो बोकेर गोर्खा एकता भन्नु मिल्दैन, किनभने १८ वर्षदेखि भाजपाले हामीलाई झुटो आश्वासन दिँदै आएको छ।उनीहरूलाई भोट दिँदा हामीलाई निराश बनाएका छन् । चुनाउ अघि आश्वासन मात्र दिँदा अब हामी लट्टिने छैनौं र यसपालि दार्जीलिङवासीले पनि भाजपालाई एउटा पाठ सिकाउनु पर्छ होला। उनले भने, अर्कैगठबन्धन होस् वा भोर्खा एकताको लागि मिल्नुहो भने पनि टीएमसी र भाजपासित संलग्न भएकाहरूसँग हामी मिल्न सक्दैनौं। अन्य पार्टीका दाज्यूहरूले क्षेत्रीयता बचाउँछु भन्नेगोर्खा एकताको ढोका खुल्लै तर तृणमूल र भाजपाबाट टाढ़ा रहनेकुरा गर्दैछन्। क्षेत्रीयता चाहिँ कस्तो क्षेत्रीयता ? प्रश्न गर्दै अजयले भने, कलकत्तामा घुँड़ा टेकेका फोटाहरू मिडियामा धेरै छन् ।

यस्तो खालको क्षेत्रीयतावाद हामीलाई अलिक अपच लाग्छ ।भाजपासित गठबन्धनमा रहेका क्षेत्रीय दलहरूले चुनाउलाई लिएर उनीहरूको रणनीति स्पष्ट नपारेको अजयको भनाइ छ । यसै सन्दर्भमा उनले भने, उनीहरूको कुरा स्पष्ट भएपछि भेटघाट गर्न र बैठक गर्न मिल्छ। उनीहरू भाजपाको शरण र आशामा बसे पनि हामीले कसै सामु घुँडाटेकेका छैनौं। हामी बाध्यतामा छैनौं। आफूहरू बंगाल विधानसभा चुनाउमा विफल भए पनि आउने चुनाउहरूमा प्रतिस्पर्धा गर्ने संकेत दिँदै अजय एडवर्ड्सले भने, आउने दिनमा नगरपालिका चुनाउ छ, जीटीएको चुनाउ पनि छ ।

जीटीएको चुनाउ हुन अब १५ महीना छ। भाजपालाई भोट दिनेहरूले पनि बुझ्नुपर्छ । प्रधानमन्त्री नरेन्द्र मोदीलाई माया गर्नु, त्यो आफ्नो ठाउँमा छ। मोदीकै मायाले भोट दिए पनि यहाँ केही हुँदैन ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ