सोनम ल्होछार हर्षोल्लासको साथ पालन 

Share this news

पेशोक, 21 जनवरी(निसं):तक्लिङ-पेशोक समष्टि क्षेत्र लगायत विभिन्न स्थानहरुका तामङहरुले सोनम ल्होछार भव्य अनि सभ्य परिवेशमा हर्षोल्लासको साथ पालन गरिरहेका छन् । विगत धेरै बर्ष अघिदेखि तामङ जनजातिय पर्वको रूपमा तामङ नयाँ साललाई पालन गर्दै ल्याएको सर्वविदितै छ भने प्रति वर्ष नै अग्रिम सोनम ल्होछार कार्यक्रमहरु आयोजना गर्दै तामङ संस्कार, संस्कृति बारे जानकारी मुलक कार्यक्रमहरु मार्फत तामङ ह्यूल्बाहरुलाई दिइने गरेको जानकारी छ। मञ्जुश्री शब्द 2865 ता ल्हो गत 19 जनवरी देखि शुरु भएकोछ। यसै ता ल्हो अर्थात् घोडा वर्षको आरम्भको सुखद पललाई पर्वको रुपमा पालन गरिदै ल्याएको जान्नमा आएकोछ।
प्राप्त जानकारी अनुसार, यस वर्ष 2026 को तामङ सोनम ल्होछार गत 19 जनवरी देखि शुरु भएको छ भने यो लगातार आगामी पञ्चमी तिथिसम्म चल्ने छ, जस अन्तर्गत आफ्नो आफन्त कहाँ भेट्घाट गर्ने गरिन्छ भने अन्तिम दिन चेलीहरुले माईतीहरुलाई बोलाएर माईती पुज्ने, टीका लगाउने आदि गरिने बताइएको छ्। तक्लिङ-पेशोक समष्टि क्षेत्रको विभिन्न तामङ बाहुल्य गाउँहरु अहिले ल्होछारमय बनेको छ भने सोनम ल्होछार-ला ज्याबा डान्बा-को शुभकामनाअका वाक्यांशले गुञ्जीएको छ।
हरेक गाउँ अनि बाटोमा भेटिएका तामङ ह्यूल्बाहरुले एकाअर्कालाई भेटेर उक्त वाक्यांशद्वारा अभिवादन गरेको देखियो भने शाखा सन्तानहरु एक भएर प्रिती भोज गर्दै तामङ सेलोमा रम्दै ल्होछारमय वातावरणमा झुम्यो सारा पेशोक चियाबारी क्षेत्र। यता लप्चु चियाबारी, सोरेङ, तक्लिङ, चेग्रा लगायत अन्य समष्टि क्षेत्रहरुमा पनि तामङ सोनम ल्होछार भव्यताको साथ पालन भइरहेको थाहा लागेको छ।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ