प्रतीक्षा राई सिक्किम टप मोडल प्रहिलो रनरअप

Share this news

बिजनबारी,21 जनवरी(निसं): दार्जीलिङ- पुलबजार खण्डको नयाँनोर ग्राम लोवर लुङचको निवासी प्रतीक्षा राई सिक्किम टप मोडल सिजन सिक्सको प्रहिलो रनरअप बन्दै आफ्नो व्याक्तिगत उपलब्धि सँगै क्षेत्रलाई गर्ववान्तित पारेको छ। सञ्चराज राई अनि सविना राईकी छोरी प्रतिक्षा राईले पहिलो अडिसन जोरथाङ स्थित स्थानीय पार्कमा गरिएको थियो, जसमा एक सह भन्दा अधिक प्रतियोगिहरुले प्रतियोगितामा अंश ग्रहण गरेका थिए । ती मध्येबाट 11 जना फाइनल राउण्डमा पुगेका थिए जस मध्येबाट प्रतिक्षा राई फस्ट रनरअप भएकी हुन्। हाल विध्याज्योति अकादमीको कक्षा बाह्रौंमा अध्ययनरत राईले गत 2021 – 2022 सालमा बिजनबारीमा आयोजित मिस बेञ्जन बिजनबारीको उपाधी समेत जितेकी थिइन् ।
यसैवीच यस स्थानसम्म पुग्न सफल हुनुमा आमा बाबा र आफ्नो विद्यालयको ठूलो हात  रहेको प्रतीक्षाले बताइन् । यसको साथमा आगमी दिनमा  मिस इण्डिया जस्तो राष्ट्र स्तरीय प्रतियोगिता सम्ममा भाग लिने आफूले सोंच बनाएको उनले बताइन। गाउँका समाज अनि बिजनबारी क्षेत्रका संघ संस्थाहरुले पनि यो स्थान सम्म पुग्न सफल बन्न पुगेकी प्रतिक्षा राईलाई शुभकामना प्रकट गरिरहेका छन। उनको सफलता अब व्यक्तिगत नरहेर क्षेत्रवासीको सफलता रहेको उनीहरूको भनाई छ। यस्तै यस किसिमको प्रतियोगिताहरुमा भाग लिनाले आफ्नो कलामा निखार आउने साथै शिष्टचार व्यवहारिक ज्ञान सिक्न सकिने भन्ने उनीहरूले युवा वर्गलाई सुझाव रहेका छन। उनलाई सिक्किम टप मोडल सिजन-6 मा जान प्रोत्साहन अनि मार्ग निर्देशन गर्ने बिजनबारी निवासी मञ्जु छेत्रीलाई उनले धन्यवाद दिएकी छिन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ