दार्जीलिङ, 20 जनवरी(निस) : मतदाता सूचीको विशेष गहन संशोधन (एसआईआर) को हेयरिङ प्रक्रि यामा चिया बगानका मानिसहरूलाई कागज पत्र विषयमा धेरै समस्या भइरहेको भागोप्रमोको श्रमिक संगठन प्रमुख जेबी तामाङले दावी गरेका छन्। उनले भने, धेरैवटा चिया बगानका श्रमिकहरू हेयरिङको कारण आफ्नो काममा जान सकेका छैनन् । विभिन्न ठाउँहरूबाट गाउँ-घरमा छोरी-चेलीहरू विवाह भएर आएका छन् । उनीहरूलाई धेरै समस्या भइरहेको छ भने कतिलाई मागिएको कागज पत्र नभएको कारण समस्या भइरहेको छ। दिनभरि लाइनमा बसेर पनि काम भएको छैन।
दुनियाभरिको कागज पत्र दिनु र हामी भारतका नागरिक हौं भनेर आज प्रमाण दिनु पर्दैछ। चिया बगान क्षेत्रमा धेरै बगानका काम नगर्नेहरू छन्। बगानमा काम नगर्नेहरूलाई चिय बगानका प्रबन्धकले चिट्ठी लेखेर दिन मानेका छैनन् । दाजीलिङ पहाड़का चिया श्रमिकहरूले २००९ देखि नै भारतीय जनता पार्टीलाई भोट हाल्दै आएका हुन्, जसको उपहार आज उनीहरूले पाएका छन् भनी उनले
व्यङ्ग्य कस्तै हेयरिङ विषयमा चिया बगान क्षेत्रका मानिसहरूलाई भइरहेको समस्या तथा असुविधाबारे आज नै पार्टी प्रमुख साथै पार्टीका शीर्ष नेतृत्वहरूसित बसेर कसरी समाधान सूत्र निकाल्नुपर्ने भन्ने विषयमा कुराकानी गर्ने बताउँदै मानिसहरूलाई पार्टीका कार्यकर्ता साथै शाखा कमिटी, ब्लक कमिटी साथै समष्टि कमिटीहरूले पनि सहयोग गर्नुपर्ने कुरा तामाङले गरेका छन्।
सन् २००२ को मतदाता सूचीमा नाम नहुने हरूलाई अवैध बनाउन खोजिरहेको भ भन्ने बताउँदै उनले भने, हामीले २०२४-सम्म भाजपालाई भोट हालेर, यहाँबाट सांसद बनाएको पनि अवैध भयो ? देशमा सरकार बनाउन प्रत्येक ५ वर्षमा लोकसभा चुनाउ हुन्छ,उसो भए सांसद पनि अवैध भयो ? हाम्रो भोट लगेर सरकारमा बस्ने पनि अवैध भयो ? प्रश्न गर्दै तामाङले भने, २००२-को मतदाता सूचीमा नाम नआए र मतदाता सूचीमा नाम काटिए कहाँ गएर बस्नु ? प्रश्न गर्दै उनले केन्द्र सरकारले मान्छेहरूलाई अस्त-व्यस्त बनाएर दुःख दिने काम गरिरहेको ठोकुवा गर्दै केन्द्र सरकारमाथि कतिपय अभियोगहरू पनि लगाए।
अर्कोतिर तामाङले दार्जीलिङ पहाड़का ८७ वटा चिया बगानमध्ये हाल पानीघट्टा, सिंगताम, मुण्डाकोठी, धोत्रे, तुङसुङ, कलेजभेल्ली, पान्दाम,चुङथुङ र सिंगला गरी ९ वटा बगानहरू बन्द अवस्थामा रहेको बताए। राम्रो निवेशकर्ता (कम्पनी) -हरू आए मात्र बन्द बगानहरू खोल्न सकिने पनि उनले जनाए। उनले भने, बन्द बगान चलाउने मालिकले पीएफ र ग्रेच्युटी पनि दिनुपर्छ। कुनै मालिकले बगान किन्छ भने पहिला नै २, ३ करोड़ जम्मा गरेर मात्रै बगानमा पस्नुपर्छ । बन्द बगानहरूमध्ये हाल रंगबुङ सिडर्स, मुण्डाकोठी, चुङथुङ, धोत्रे अनि तुङसुङका श्रमिकहरूले फौलाईको रकम पाइरहेको पनि तामाङले जानकारी गराए।












