लोक गायिका छाँया पुरकुिटीको जन्म जयन्ती पालन

Share this news

खरसाङ, (निसं): गत 18 जनवरी आइतवारको दिन अम्बोटे चिया बगानको पाँचघरे निवासी साहित्यकार कर्ण पुरकुटीको निवास स्थानमा उनकी दिवङ्गत माता गायिका छायाँ पुरकुटीको 88 अैँं जन्मजयन्ती सहित श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरियो। यसै कार्यक्रम अन्तर्गत एक साहित्यिक गोष्ठीको पनि आयोजना गरिएको थियो। उक्त कार्यक्रमको अध्यक्षता साहित्यकार ऋषि राईले गरेका थिए भने विशिष्ट अतिथिको रुपमा नमस्ते खरसाङ च्यानलका निर्देशक निर्मल गुरुङ, साहित्याकर निरङ्कर थापा, सञ्जीव छेत्री, उदय दुमी, रचिता छेत्री, पाँचघरे समाजका अध्यक्ष सहित सदस्यगण उपस्थित रहेका थिए।

कार्यक्रमको आरम्भमा अध्यक्ष एवम्‌‍ विशिष्ट अतिथि, परिवारका सदस्य अनि परिजनको बाहुलीद्वारा धुपदीप प्रज्ज्वलन, माल्यार्पण गरिएको थियो। स्व0 छाँया पुरकुटीका पुत्र कर्ण पुरकुटीले आफ्नो मन्तव्य प्रकट गर्दै भने, माता छायाँ पुरकुटी एक लोकगायिका सहित समाजसेवी सेवी पनि थिइन्‌‍। सङ्गीतको क्षेत्रमा धेरै काम गरकी हुनाले हामी घर-परिवारले नै घरको प्राङ्गणमा आमाको अर्ध कदको सालिग निर्माण गरेर सदा सम्झनामा राख्ने कार्य गरेको छौँ।

कार्यक्रममा विशिष्ट अतिथि निर्मल गुरुङ, अध्यक्ष ऋषि राईले आफ्नो मन्तब्यमा आमाले पुऱ्याएकी योगदानको कदर कसरी गर्नु पर्ने हो कर्ण पुरकुटी परिवारजनले आफ्नो आमाकोअर्ध कदको सालिग घरको प्राङ्गणमा खड़ा गरेर उदाहरणीय कार्य गरेको बताउदै उनी लगायत परिवारजनलाई हार्दिक आभार प्रकट गरे। तिनीहरूले पुरकुटी परिवारबाट यस विषयमा धेरै कुरा सिक्न पर्ने विचार व्यक्त गरे। निलम कुमार गिरीद्वारा सञ्चालन गरिएको यस कार्यक्रममा निरङ्कर थापा, सञ्जीव छेत्री, उदय दुमी, रचिता छेत्री, देवकुमार थापा, दिरप गिरी, विनय बराइली, निलम कुमार गिरी, ऋषि राई आदिले आमा शीर्षकमाथि रचित कथा, कविता, लेख आदि सुनाए। कार्यक्रमका अध्यक्ष ऋषि राईले कार्यक्रम आयोजक पुरकुटी परिवार सहित उपस्थित सबैलाई धन्यवाद दिएका थिए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ