रोहिणी रोडमाथि चालक अनि होटल व्यवसायीहरूको प्रश्न रोड बेहाल, टोल ट्याक्सबाट उठेको रकम कहाँ खर्च हुँदैछ ?

Share this news

खरसाङ, (निसं): टोल ट्याक्स उठाएर पनि रोहिणी रोडको अवस्था किन बेहाल ? टोल ट्याक्सबाट उठेको रकमबाट पनि रोड मरम्मती गर्न नसकेपछि यो रकम कहाँ खर्च हुँदैछ ? रोहिणी रोडको वर्तमान अवस्थामाथि चालकहरूको यस्ता प्रश्नहरू रहेका छन् भने रोहिणी रोडका होटल व्यवसायीहरूले पनि रोहिणी रोडको उचित रखरखाउको माग गरेका छन्। तीन महिनासम्म होटल बन्द गरेर गालामा हात लगाएर बाटो खोल्ने दिन गन्ती गर्दै बस्नु परेको अवस्थाको सम्झना गर्दै रोहिणी होटल व्यसायी सङ्गठनका अध्यक्ष पुनम तामाङले भने, गत वर्ष ४ अक्टोबरमा आएको मुसलधार पानीले रोहिणी रोड भत्कियो। तीन महिना रोड बन्द भयो। बल्ल नयाँ सालदेखि खोलियो। यो रोड बन्द हुँदा रोहिणीवासीको साथसाथै दार्जीलिङ पहाड़को जनताले पनि समस्याको सामना गर्नु परेको थियो।
यो तीन महिनाको खर्चलाई पुर्ताल गर्दा नगर्दा फेरि अर्को बर्खा आइपुग्छ। फेरि रोहिणी रोड भत्किन्छ। किनभने धेरै ठाउँ फेरि भत्किने स्थितिमा छन्। पुनम तामाङले भने, वर्तमानमा रोहिणी रोडमा धेरै ठाउँ सड़क भत्किएको छ, ती भत्किएको स्थानहरूमा तत्काल मरम्मती गर्नु अति आवश्यक छ। उनले
फाइल फोटो
भने, ती भत्किएको स्थानमा आउँदो वर्खामा फेरि ठूलो पैह्रो जाने सम्भावना बढ़ी रहन्छ। फलस्वरूप रोहिणी रोड फेरि बन्द हुन्छ। यसैले हामी रोहिणी रोड सुचारु चलोस भन्ने पक्षमा छौँ।
रोहिणी रोडमा कुनै दुर्घटना नघटोस्, यो रोड सुचारु सञ्चालन होस् भन्ने चाहन्छौ। रोहिणी रोडको कतिपय
ठाउँमा रोडको मरम्मती नगरेसम्म टोल ट्याक्स नतिर्ने ट्रक चालकहरूले चेतावनी दिएका छन्। उनीहरूको चेतावनी पश्चात पनि सम्बन्धित विभागले कुनै उचित कारवाही गरेको देखिएको छैन। तामाङले भने, रोहिणी रोडमा टोल ट्याक्स उठाइन्छ, यसरी टोल ट्याक्स उठाएपछि रोडको रखरखाउमा पनि ट्याक्स उठाउनेले ध्यान दिन पर्छ। अघिको टोल ट्याक्स सञ्चालकले रोडको रखरखाउ उचित तरिकाले गरेको थियो। तर वर्तमानमा त्यस्तो देखिएको छैन।
रोहिणी रोड विभिन्न स्थानमा भत्किएको छ, रोडमा ठूलो ठूलो खाल्डा बनेको छ तर यसको मरम्मती अहिलेसम्म भएको छैन। हामीले यस विषयमा रोहिणीका तीनवटा सङ्घ-सङ्गठनलाई लिएर कार्य गर्ने विषयमा चर्चा गरिरहेका छौं। हामी व्यवसायी अनि रोहिणीका जनता हौं। हामीलाई राजनीतिसित लिनु-दिनु केही छैन। हामी चाहान्छौँ पहाड़का अधिकांश जनता निर्भर रहेको रोहिणी रोडको सञ्चालन उचित तरिकाले होस। यो रोडमा कुनै प्रकारको दुर्घटना नहोस, यो रोडको कारण जनसाधरणले समस्याको सामना गर्न नपरोस।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ