कालेबुङको मेला ग्राउण्डमा भइरहेको खस भारतीय हितकारी सम्मेलनको १० औं महा-अधिवेशनमा हिज १८ जनवरी,२०२६ मा विशेष रूपमा दार्जीलिङका सांसद राजु विष्ट अनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाको संयुक्त उपस्थितिलाई गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका पूर्व प्रमुख कार्यपाल विनय तामाङले स्वागत जनाएका छन्। राजनीतिलाई पर पन्साएर जात अनि जातिको निम्ति एउटै मञ्चमा एकसाथ देखिनु समाजलाई एक सहराणीय सन्देश दिनु हो भन्दै तामाङले दुवै महारथी राजु विष्ट अनि अनित थापाप्रति हार्दिक साधुवाद जनाएका छन्।
“सांसद राजु विष्टले दिल्लीमा काम गर्नुहुन्छ र म कोलकतामा काम गर्छु।” – यो भनाई उक्त कार्यक्रममा प्रमुख कार्यपाल अनित थापाको थियो भने “हामी एक भएनौं भने हामीलाई दिल्लीले पनि हेप्छ अनि कोलकताले पनि हेप्छ।” – भनाई सांसद राजु विष्टको थियो। दुवै दिग्गज नेतृत्वहरू भनाईहरू ओजनदार रहेको तामाङले बताएका छन्।
खस भारतीय हितकारी सम्मेलनका शीर्षथहरूबाट अनित थापा अनि राजु विष्टबाट जुन कुरोको अपेक्षा राखेको थिएँ जो मैले अनि सायदै उपस्थित अनि अनुपस्थित खस हितकारी सन्तानहरूले पनि सुन्ने अवसर पाएनौं। अनित थापा अनि राजु विष्टको भनाईहरूलाई लिएर मेरो यो प्रेष विज्ञप्ति मार्फत खस भारतीय हितकारी सम्मेलनका केन्द्रीय समिति अनि दुवै हाम्रा जनप्रतिनिधि महारथीहरू राजु विष्ट अनि अनित थापाको ध्यान आर्कषण गराउनु चाहान्छु-
गोर्खाजातिको ११ जातहरूलाई जनजातिको दर्जा अथवा मान्यता पाउनुपर्छ भन्ने मागंमा हाम्रो गोर्खाजातिको अभिन्न अंग खस हितकारी जातका छेत्री, बाहुन, सन्यासी अनि ठकुरी उप-जातहरूपनि छन्। सर्वविदितै भएको कुरो हो धेरै समयदेखि सम्पूर्ण ११ जातहरू (हालै १२ जात) एकै वौद्धिक एवं गणतान्त्रिक आन्दोलनमा छन्।
स्मरण रहोस् जब ११ जातहरूले जनजातिको मान्यता / दर्जा पाउनुपर्छ भनी राखिएको मांग अनुसार Anthropological Survey of India ले भारत सरकार समक्ष आफ्नो रिपोर्ट बुझाइन्दा उक्त Anthropoligical Survey of India ले भारत सरकारलाई लेखिएको पत्र संख्या No.6-21/PMI/2018 dated 04/11/2020 (06.11.2020) मा “खस अनि याखा देवानको कुनै प्रकाशित ऐतिहासिक तथ्याकं पश्चिम बङालमा नरहेकोले यी दुई जातिहरू अनुप्रवेशकारीहरू हुन्। यी दुई जातिहरूको अझै विस्तृत सर्वे हुनु आवश्यक छ।” भनी लखिएको छ।
यस विषयमा मेरो जानकारी मुताबिक भारत सरकारलाई Anthropological Survey of India, Kolkata ले लेखेको पत्रमाथि आपत्ति जनाउॅदै गतवर्ष २०२५ मा खरसाङका माननीय विधायक श्री विष्णुप्रसाद बजगाई , अवकाशप्राप्त क्यापटन खगेन्द्र शर्मा (डुवर्स) अनि अधिवक्ता एसपी शर्मा (दार्जीलिङ) ले Anthropological Survey of India , Kolkata मा गई Director अनि Deputy Director लाई भेटे। सुत्र अनुसार उक्त भेटवार्तामा यी जाने टोलीहरूलाई फेरि सर्वे गर्नको निम्ति भारत सरकार अनि पश्चिम बङाल सरकारले Anthropological Survey of India लाई Notification जारी गर्नुपर्छ; त्यसपछि मात्र हामीले केही गर्नुसक्छौं भनी भनेका थिए। त्यसपछि विधायकको नाताले विष्णुप्रसाद बजगाईले भारत सरकार अनि पश्चिम सरकारलाई पत्रचार गरेका थिए – जहाँसम्म मलाई जानकारी छ। मलाई लाग्छ आज पर्यन्त दुवै सरकारहरूबाट कुनै आधिकारिक जवाब आएका छैनन् अर्थात दुवै सरकारले यस विषयमा पहल गरेका छैनन्।
खस भारतीय हितकारी सम्मेलनको महा-अधिवेशनमा सम्मेलनका शीर्षस्थ अग्रजहरूले आफ्नो जात-जातिको यस गम्भीर विषय राख्ने छन् औ हाम्रा यी दुई महारथीहरू अनित थापा अनि राजु विष्टज्यु स्वयं खस हितकारी जातभित्र परेकोले यस विषयमा आधिकारिक वयान या सरकारहरूसित बातचीत गर्नको निम्ति वचन दिनेछन् भनी म विश्वस्त थिएँ, तर अति दुर्भाग्यको कुरो अति गम्भीर विषयमा कसैको ध्यान नै गएन।
म हाम्रो खस हितकारी सन्तानको तर्फबाट दुवै महारथीहरूको माथि उल्लेखित भनाईहरूलाई सम्मान जनाउॅदै अब २०२६ को चुनावको अधिसुचना जारी हुन अघि नै माननीय अनित थापाले पश्चिम बङाल सरकारसित अनि राजु विष्टले भारत सरकारसित वातचित गरी पुनः सर्वेको निम्ति दुवै सरकारले नोटिफिकेसन जारी गर्नको आफनो धर्म निभाइदिने तामाङले अनुरोध गरेका छन्।












