खरसाङ, (निसं): दार्जीलिङ पहाड़को निम्ति मुख्य सड़क बनेको रोहिणी रोड (सुवास घिसिङ मार्ग) विभिन्न स्थानमा भत्किएकोले समस्या भइरहेको धेरै चालकहरूको गुनासो छ। यो सड़क विभिन्न ठाउँमा भत्किएर खाल्डा बनेकोले दुर्घटनाको सम्भावना रहेको पनि कतिपय चालकहरूले बताएका छन्। रोड कतिपय स्थानमा अप्ठ्यारो गोलाईमा भत्किएकोले लोड लिएर गाड़ी उकाले आइरहेको समय माथिबाट अर्को गाड़ी आइरहेको अवस्थामा धेरै समस्याको सामना गर्न परिरहेको पनि चालकहरूले बताएका छन्।
तीन महिना यो रोड बन्द रहँदा किन रोडको मरम्मती गरिएन? भन्ने धेरै चालकहरूले प्रश्न गरिरहेका छन्। केही दिन अघि दार्जीलिङ ट्रक मालिक सङ्गठनले विभिन्न स्थानमा भत्किएको रोहिणी रोडको मरम्मती नगरिएको खण्डमा अनि सङ्गठनको अन्य मागहरू पुरा नगरिएको खण्डमा टोल ट्याक्स नतिर्ने समेत घोषणा गरेको थियो। विभिन्न ठाउँमा भत्किएको रोहिणी रोडको मरम्मतीको निम्ति कार्य तत्काल आरम्भ गरिन पर्ने चालकहरूको माग छ। रोहिणी रोडको अवस्थाको बारेमा वर्तमानमा विभिन्न सामाजिक सञ्जालहरूमा चालकहरूले रोष प्रकट गरिरहेका छन्। 13 जनवरीको दिन दर्पणसित कुरा गर्दै एक चालकले भत्किएको रोहिणी रोडको कारण चालक साथै यात्रीहरूलाई समस्या भइरहेको बताउदै रोडको मरम्मती नगरिएकोमा रोष प्रकट गरेका थिए। स्मरण गराइन्छ, रोहिणी रोड वर्तमानमा दार्जीलिङ पहाड़कै निम्ति एउटा मुख्य अनि महत्वपूर्ण रोड बनेको छ। यसै रोडबाट दार्जीलिङ पहाड़को












