नयाँ कमान एफसी घैयाबारी नगदराशि फुटबल टुर्नामेन्टको सेमी फाइनलमा

Share this news

तीनधारे , (निसं): नयाँ कमान एफसी घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको सेमी फाइनलमा पुगेको छ। घैयाबारी स्पोर्टस्‌‍ वेलफेयर एसोसिएसनको आयोजनामा गत 3 जनवरीदेखि घैयाबारीको नेताजी हाई स्कूलको खेल मैदानमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको तेस्रो क्वाटर फाइनल खेल आईतबार आईतबार नयाँ कमान एफसी र घैयाबारी एफसीमाझ सम्पन्न भयो। यस तेस्रो क्वाटर फाइनल म्याचको पहिलो हाफमा नयाँ कमान एफसीको तर्फबाट 1 गोल गरेको थियो भने पहिलो हाफको खेल 1-0 मा सकिएको थियो। म्याचको दोस्रो हाफमा पनि नयाँ कमान एफसीले थप 2 गोल गर्न सफल भएको थियो।अर्कोतिर घैयाबारी एफसीले यस खेलमा कुनै गोल गर्न सकेन अनि नयाँ कमान एफसीले 3-0 को अन्तरले खेल जितेर घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको सेमी फाइनलमा पुग्ने तेस्रो टिम बनेको छ। यस खेलमा नयाँ कमान एफसीको जर्सी नम्बर 7 लाई म्यान अफ्‌‍ द म्याच घोषित गरिएको छ।

आजको खेल विषयमा पत्रकारहरूसँग कुराकानी गर्दै घैयाबारी स्पोर्टस्‌‍ वेलफेयर एसोसिएसनको सल्लाहकार दावा वाङ्दी लामाले विस्तृत रुपमा जानकारी गराएका छन्‌‍। उनले बताए अनुसार घैयाबारी स्पोर्टस्‌‍ वेलफेयर एसोसिएसनको आयोजनामा यसपाली दोस्रो संस्करणको नगदराशि फुटबल टुर्नामेन्ट भईरहेको छ। यस टुर्नामेन्टमा जम्मा 16 वटा टिमहरुले सहभागिता जनाएका छन्‌‍ अनि यस फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी 1 फरवरीको दिन हुने भएको छ। यस नगदराशि फुटबल टुर्नामेन्टको विजेतालाई आकर्षक ट्रफिको साथमा डेढ लाख रुपियाँ र उप विजेतालाई ट्रफीसहित एक लाख रुपियाँ प्रदान गरिने भएको छ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ