Pramod Lavati's call for all Gorkhas to unite
Pramod Lavati's call for all Gorkhas to unite

गोर्खाहरू सबैलाई एकबद्ध हुने प्रमोद लावतीको आह्वान

Share this news

गोर्खा जातिको मुद्दालाई अजय एडवर्डसबाहेक अरू कसैले टुङ्गोमा पुराउन सक्दैन।
गोर्खा जातिको जातीय मुद्दालाई अजय एडवर्डसले मात्र टुङ्गोमा पुराउन सक्नेछन्।दार्जीलिङ पहाड अहिले परिवर्तन तिर लम्किन्दै जाँदैछ। ठूल्ठूला राजनैतिक पार्टीहरूले हामी गोर्खाहरूलाई केवल भोट हाल्ने मिसिनको रूपमा मात्र हेर्ने गर्छ तर जब हामीले न्यायको कुरा गर्छौ तब हाम्रो थोरै भोट देखेर ठग्ने कामहरू मात्र गर्दै आएको छ।

ती ठूल्ठूला राजनैतिक पार्टीहरूलाई अब हामीले हाम्रो एकता देखाउनु सक्नु पर्छ। हामीले हाम्रो क्षेत्रीयबादलाई जोगाउनु पर्छ। जाति उन्मुक्तिको निम्ति बिमल गुरूङ, अनित थापा सबै सबै एकबद्ध हुन पर्छ। पहाडको हाम्रो नेतृत्वहरूलाई राज सत्तामा बस्नेहरूले षडयन्त्रको शिकार बनाएर जाति उन्मुक्तिको आवाज उठाउन नसक्ने बनाएको छ।उनीहरूलाई कानुनको जन्जीरले बाँधेको छ। यसैले पहाडको क्षेत्रीय दलहरू दिनप्रति दिन कम्जोर बन्दै जाँदैछ। पहाडको कतिपय राजनैतिक पार्टीहरू निर्वाचन आयोगको सूचीबाट हराएर गइसकेको छ।

जातिलाई बचाउनु हो भने, जाति उन्मुतिको संघर्ष गर्नु हो भने सबै भन्दा पहिला हामीले क्षेत्रीयबादलाई जोगाउन पर्छ। दार्जीलिङ पहाड सानो छ, यसैमाथि अझ यहाँको राजनैतिक दलहरूको आ आफ्नो मुद्दा भएकोले गर्दा हाम्रो आवाज बंगालसम्म पुग्न सकेको छैन, केन्द्र सरकारसम्म पुग्न नसकेको हो।

यसैले राजनीति स्वर्थदेखि पर सरेर उन्मुक्तिको निम्ति तपाई हामी सबै एकबद्ध हुन जरूरी छ।हामीले धेरै हेर्यौं तर अब दार्जीलिङ पहाडलाई, गोर्खा जातिलाई यदि कसैले पार लगाउँछ भने त्यो केवल इण्डियन गोर्खा जन शक्ति फ्रण्ट तथा यसको केन्द्रीय संयोजक अजय एडवर्डसले मात्र पार लगाउन सक्नेछन्।

पहाडको नेतृत्वहरूमा दाग लागेको छ, दागी नेतृत्वहरूलाई सरकारको चौकीमा बस्ने हरूले फिर फिरे जस्तो घुमाउन सक्छ तर अजय एडवर्डस बेदाग नेतृत्व हो, एडवर्डसलाई कसैलाई खेलाउन सक्दैन। राज्य र केन्द्र सरकारसंग तर्क गर्न सक्ने तथा गोर्खाको आवाज उठाउन सक्ने नेता भनेको नै अजय एडवर्डस हो।

अब हामी रूपिया पैसाको पछि पर्नु हुदैन, रूपियाँ पैसा, मासु र रक्सीको पछि पर्यौं भने हाम्रो घर जमीन कति बेला निलामी हुन्छ, त्यो हामीलाई पत्तो समेत लाग्ने छैन। काखको नानीको भविष्य सोच्नु हुन्छ भने, तपाईंहरूले आफ्नो छोरा छोरीको भविष्य सोच्नु हुन्छ भने आइजीजेएफमा आउनु होस्, हामी तपाईंहरू सबैलाई खुल्ला हद्रयले स्वागत गर्ने छौं। तपाईं हामी एक भएर जाति उन्मुक्तिको संघर्षमा अघि बडौं।हामी एकबद्ध हुन नसक्दा सरकारले हाम्रो मांगलाई अनदेखा गरेको हो। हामी एक भएर बस्यौं भने सुरक्षित रहने छौं। तर बाँटिएर बस्यौं भने हामी छिन्न भिन्न हुने छौं।

हामी विभाजन हुँदा नै दिनदिनै कम्जोर भएका हौं। अब हामी सचेत भएनौ भने अझ हामी ठग्निे छौं। झुक्काउन ठूल्ठूला राजनीति पार्टीहरूको काम हो तर बारम्बार ठग्निु हाम्रो मूर्खता हो। विगत 2009 देखि हामी झुक्किँदै, ठगिँदै आएका छौं, त्यसकारण अब हामी ठग्निु हुँदैन।

भारतीय जनता पार्टीको प्रवक्ता तथा सांसद राजु विष्टले पुल बिजनबारी समष्टिको जनतालाई झुक्काउने काम मात्र गरे। राजु विष्ट अहिलेसम्मका सबैभन्दा धेरै झुटो बोल्ने ब्यक्ति हुन्। गत 2024 को लोकसभा चुनावमा भारतीय जनता पार्टीले दार्जीलिङ सीटबाट राजु विष्टलाई टिकट नदिने मन बनाइसकेको थियो।

त्यस समयमा राजु विष्टले मलाई फोन गरेर पार्टीमाथि दबाउ बनाउन पार्टीबाट राजीनामा दिने आग्रह गरेका थिए। जो ब्यक्लिे आफ्नो स्वार्थको लागि पार्टी कार्यकर्तालाई पार्टीबाट राजीनामा दिने आग्रह गर्न सक्छ भने त्यस्ता ब्यक्तिले आफ्नो स्वार्थको लागि जे पनि गर्न सक्छन्।

यस्ता ब्यक्तिले इन्टरलोक्युटरको कुरा गर्दै हिंडछन्। राजु विष्टलाई म चुनौती दिन्छु पहाडको एक-एक भाजपा कार्यकर्ताहरू आइजीजेएफमा आउनेछन्, यदि उनले रोक्न सक्ने भए रोकेर देखाउन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ