Claims that supporters of other parties have joined the IGJF
Claims that supporters of other parties have joined the IGJF

अन्य पार्टीका समर्थकहरू आिजीजेएफमा सामेल भएको दावि

Share this news

पहाडको बीजेपीमा पैह्रो गएको बताउँदै बीजेपीका साथ साथ टीएमसी बीजीपीएम र जीएनएलएफबाट इन्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल भएको दावि गरिएको छ।
भाजपाले गोर्खाहरूको बारेमा सोच्दैन, हाम्रो 20 बर्ष सित्तैमा खेरो गएको गोक बिजनबारी मण्डलका पूर्व अध्यक्ष प्रमोद लावती बताएका छन्। त्यसअघि भारतीय जनता पार्टीको जिल्ला सचिव प्रमोद राई अनि बरिष्ठ नेतृत्वहरू इण्डियन गोर्खा जन शक्ति फ्रण्टमा सामेल भए। बिजनबारी खेल मैदानमा आयोजित इण्डियन गोर्खा जन शक्ति फ्रण्टको सभामा पार्टीको केन्द्रीय संयोजक अजय एडवर्डस स्वयं उपस्थित रहेका थिए। त्यसरी नै पार्टीको अन्य केन्द्रीय नेतृत्वहरूको उपस्थिति रहेको थियो।

सभामा चुङथुङ मेरीबुङ समष्टि निवासी भारतीय जनता पार्टीको जिल्ला सचिव प्रमोद राई, त्यसरी नै ट्राइबल मोर्चाको जिल्ला समितिको पूर्व अध्यक्ष बीरेन्द्र लामा, गोक बिजनबारी मण्डलका पूर्व अध्यक्ष प्रमोद लावती, मण्डल महासचिव रबिन सुब्बा, उपाध्यक्ष बीबी राखालीलगायत भाजपाको अन्य धेरै समर्थकहरूले इण्डियन गोर्खा जन शक्ति फ्रण्टको झण्डा समाए। पार्टी केन्द्रीय संयोजक अध्यक्ष अजय एडवर्डसले श्रद्धा लगाउँदै सबैलाई पार्टीमा स्वागत जनाए। आइजीजेएफको झण्डा समाएपछि प्रमोद लावतीले भारतीय जनता पार्टीको झूठको राजनीतिले गर्दा हाम्रो 20 बर्ष खेरो गयो।

विगत 20 बर्षदेखि हामीले भारतीय जनता पार्टीलाई सबै थोक दियौं, हामीले भाजपालाई समर्थन दियौं, सांसद दियौं, विधायक दियौं, भोट दियौं, श्रम पनि दियौं तर भारतीय जनता पार्टीले दार्जीलिङ पहाड, गोर्खा साथै भारतीय गोर्खाहरूको लागि आजसम्म केही गरेको छैनन्।भाजपाको तत्कालिन प्रदेश अध्यक्ष दिलिप घोषले कालेबुङबाट गोर्खाहरूको छुट्टै राज्य गोर्खाल्याण्डको मांगलाई हामी कहिले पनि समर्थन गर्दैनौं भनिसकेको छ, यस बारे हामीले पार्टीमा धेरै कुराहरू उठायौं, हामीले यो कुरा अमित शाह समेतलाई भन्यौं, राष्ट्रिय अध्यक्ष जेपी नड्डालाई पत्र लेख्यौ, सांसद राजु विष्टलाई पत्रचार मात्र होइन भेटेर कुरा गर्दासमेत हाम्रो कुरामाथि कुनै चासो नदेखाउदा हामी आश्चर्यचकित पर्यौं।

भारतीय जनता पार्टीले 2026 लाग्दा सम्म हाम्रो मुद्दामाथि केही त गर्छ होला भन्ने सोचेको थियौं, तर भाजपाको अभिभावक भनेको आरएसएस हो तर आरएसएस प्रमुख मोहन भगवतले सिलगढीमा गोर्खाहरूको मुद्दा बारे सोधिएको प्रश्न बारेमा उतर बंगालमा बसोबासो गर्ने सबैको बारेमा चिन्ता गरेर तर गोर्खाहरूको नाम अन्तमा मजबुरन लिए तर समाधानको कुनै कुरा गरेनन्।

भाजपा आरएसएसको दिशा निर्देशमा चल्छ अनि आरएसएस पनि गोर्खाहरूलाई न्याय दिने पक्षमा छैन भन्ने स्पष्ट भएको छ। गोर्खा जातिलाई अब कसले संगालेर लैजान सक्छ भन्ने सोच्यौं अनि हामीले अजय एडवर्डस बाहेक अरू कोही देखेनौं, अजय एडवर्डसले आफ्नो गोजीको पैसा लगाएर पुलहरूको निर्माण, सडकहरूको निर्माण, गरीब विद्यार्थीहरूलाई शिक्षा, गरीब परिवारहरूलाई घर आदि जस्ता कार्यहरू निःस्वार्थ भावले गर्दै आएका छन्, सत्तामा छैन, तर जातिको निम्ति कार्यहरू गर्दै आएका छन्।

त्यसैले हामीले आइजीजेएफमा सामेल हुने अठोट गर्यौं अनि अब उसो हामी गोर्खाहरूलाई न्याय दिलाउने एक मात्र पार्टी आइजीजेएफ अनि यसका नेता अजय एडवर्डससंग होमा हैसे मिलाएर जाति उत्थानको निम्ति काम गर्ने प्रमोद लावती बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ