पर्यटकीय महत्वको दुधे संरक्षणको आवश्यकता

Share this news

पङ्खाबारी, (सुवास छेत्री): खरसाङ खण्ड अन्तर्गत रहेको तराईको दुधे क्षेत्र पर्यटकीय दृष्टिकोणले खुबै सन्दर अनि मनोरम रहेको कारण यहाँ वर्षेनी धेरै सङ्ख्यामा मानिसहरू बनभोज खेल्न, घुम्न अनि मनोरञ्जन गर्न आउँछन्‌‍। यातायात तथा व्यापार वाणिज्यको निम्ति पनि खुबै सुविधा यस दुधे क्षेत्रमा थप विकासका सम्भावनाहरू प्रसस्तै रहेका छन्‌‍। यहाँको सुविधा अनि सुन्दरताबाट लोभिएर प्रायः वर्षेभरि टाढ़ा-नजिकबाट मानिसहरू धेरै सङ्ख्यामा दुधे आउने गर्छन्‌‍। विशेषगरी कुनै छुट्टी तथा उत्सवहरूतिर यहाँ मानिसहरूको अधिक भिड़ हुने गर्दछ। मानिसहरू यहाँ बनभोज खान तथा मनोरञ्जनहरू गर्न आउने गर्छन्‌‍ भने केही सङ्घ-संस्था अथवा रानजीतिक दल अनि व्यक्तिहरू कुनै सभा वा बैठकहरू गर्न पनि यहाँ आउने गर्छन्‌‍।

दुधेको नजिकैबाट बग्ने बालासन खोलाको बगरमा विशेषगरी छुट्टै अथवा उत्सवहरूतिर बनभोज खाने तथा मनोरञ्जन गर्नेहरूको निक्कै भिड़ देख्न सकिन्छ। यसरी प्रायः वर्षेभरि धेरै सङ्खामा मानिसहरू आउने हुनाले स्थानीयहरूको आर्थिक आयमा पनि अवश्यनै केही हदसम्म सुधार आएको छ। यसलाई स्वीकार गर्छन्‌‍ स्थानीयहरू। तर यस क्षेत्रका सौन्र्दयीकरण गर्न तथा यस क्षेत्रलाई अझ विकसित गर्न भने सम्बन्धित विभाग तथा स्थानीय सरकारहरू चुकेको कुरोलाई पनि नकार्दैनन्‌‍ उनीहरू। विशेषगरी यहाँको बनभोज स्थलहरूलाई अझ व्यवस्थित र सुन्दरीकरण गरिए यहाँ आउने मानिसहरू अनि पर्यटकहरूलाई अझ सुविधा हुनेथियो भन्दै यस दिशामा अब जीटीए अनि राज्य सरकारकै ध्यान के न्द्रित हुनु आवश्यक रहेको स्थानीयहरू बताउँदै त्यसो गरिए तिनीहरूको आर्थिक अवस्थामा अझ थप सुधार हुने जनाउँछन्। दुधेमा पहाड़ तथा समतल क्षेत्रबाट मानिसहरूलाई आउन जान धेरै सुविधा छ भने यहाँबाट कुनै पनि व्यपार व्यवसाय गर्न पनि उत्तिकै सुविधा छ। त्यसर्थ यस क्षेत्रको थप विकासको निम्ति स्थानीय सरकार अनि निकायहरूले ध्यान दिनु आवश्यक देखिन्छ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ