रानीकुप नजिक कप्तान रामसिंह ठकुरी पथमा माटो फ्याँकिने कार्य

Share this news

खरसाङ,  (निसं): खरसाङको ब्याङ्क डाँड़ा अथवा कप्तान रामसिंह ठकुरी चोकबाट चिया बगान क्षेत्र, राजबारी, रानीकुप हुँदै दुर्बिन डाँड़ा पछिल्तिरबाट खरसाङ थाना नजिक दोकान डाँड़ा निस्कने लिङ्क रोडको रानीकुप नजिक हावा घर छेउबाट माटो फ्याँकिने कार्य भइरहेको छ। यहाँ माटो फ्याँकिने कार्य भइरहेकोले रोडको यो स्थान जोखिमपूर्ण बनेको छ। यहाँ माटो फ्याँकिएकोले अघिबाटै रोडको यो स्थान खतरनाक अवस्थामा पुगेको थियो भने गत वर्षाकालमा रोडको माथि गएको पैह्रोको माटो पनि सोहोरर यहीँ फ्याँकिएकोले रोडमुनिको अवस्था अझ खतरनाक बनेको छ।

यस स्थानमा भेटियका रानीकुप क्षेत्रका केही महिलाहरूले यस स्थानमा माटो फ्याँक्ने कार्य अघिबाटै भइरहेको बताए। तिनीहरूले यस स्थानमा स्थानीय मानिसहरूको अतिरिक्त बाहिरबाट पनि माटो ल्याएर फ्याँकिने गरिएको पनि बताए। यहाँ माटो फ्याँकिएकोले रोडदेखि मुनि ठूलो भीर बनेको छ, यो भीरमा कुनै मानिस खसेको खण्डमा आफ्नो बचाउको निम्ति समात्ने अथमा अड़कने कुनै रुखपात छैन। यहाँ बाटो मुनि माटो फ्याँकिएकोले यो स्थान ठूलो भीर बनेको छ र रुख-पात सबै निमिट्यान्न भएको पाइएको छ। कुनै गल्तीले मानिस बाटो मुनि खसेको खण्डमा सौझै हजार-बाह्रसय फीट मुनि खस्ने स्थिति देखिएको छ।

यहाँ माटो फ्याँकिने गरिएकोले वर्षाकालमा फालिएको माटो सोहोरिएर तल जाने र यसको तल्लो क्षेत्रबाट मकैबारी चिया बगान, सातघुम्ती अनि लङ्भ्यू क्षेत्रमा लगिएको पानीको पाइपहरू पनि सबै सोहोरेर लगिदिने गरेको त्यस क्षेत्रका मानिसहरूको गुनासो छ। गत वर्षाकालमा पनि यस्तै स्थिति बनेको सातघुम्ती अनि फुलबारीका मानिसहरूले बताएका छन्‌‍। यस स्थानमा यसरी माटो फ्याँक्ने कार्यलाई बन्द गर्न पर्ने आवश्यकता देखिएको छ भने धेरै मानिसहरूले यस स्थानमा माटो फ्याँक्ने कार्य बन्द गरिनु पर्ने माग गरेको छ। यहाँ माटो फ्याँक्ने कार्य भइरहेकोले भविष्यमा फालिएको माटोको कारण ठूलो पैह्रो जान सक्ने सम्भावना रहेको पनि मानिसहरूले बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ