चुङथुङ,17 जनवरील(निसं): लोवर चुङथुङ खम्बु राई किराँती सांस्कृतिक संस्थानको आयोजनामा किराती नयाँ वर्ष 5086 यलेदुङ पालन गरियो। संस्थानका सभापति सुजन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मदन राई विशिष्ट
एस एम नेचाली, राज कुमार राई, सीबी राई,पूर्ण राई, डीआर राई आदि उपस्थित थिए। संस्थानका सचिव अशेष राईद्वारा सञ्चालित सभामा प्रमुख अतिथी मदन राईले खम्बु किराती राईहरु भाषा, संस्कृति अनि संस्कारगत रूपमा सक्रिय रूपले अघि बढ्नु पर्ने सुझावहरु उनले जनाए। यसदिन डी आर राई, आर के राई, महेन्द्र राई आदिलाई पनि आफ्नो खम्बु किराँती राई बारे सम्बोधन राखे । यसरी नै खम्बु को झण्डा एस एम नेचाली द्वारा गरियो भने स्वागत भाषण विधान राई द्वारा गरियो भने खम्बु नानीहरुद्वारा सिली नृत्य आदि प्रस्तुत गरियो।












