70% complete immunity bridge construction by Shramdan: Edwards
70% complete immunity bridge construction by Shramdan: Edwards

श्रमदानद्वारा 70 % पूर्ण उन्मुक्ति पुलको निर्माण कार्यःएडवर्डस

Share this news

उन्मुक्ति पुलको 70 प्रतिशत निर्माण कार्य पुरा भइसकेको छ। अबको दुई महिनाभित्र निर्माण कार्य पुरा हुने आशा साचेको इण्डियन गोर्खा जन शक्ति फ्रण्टका केन्द्रीय संयोजक अजय एडवर्डसले बताएका छन्। गत केही महिना अघि इन्टेकको भ्रमण गएको थिए, त्यस अवधि स्थानीय मानिसहरूले बर्खायामको समयमा खोलाको जल स्तर बढने भएकोले धेरै प्रकारको असुविधाहरूको सामना गर्न परेको दुखेसोहरू पोख्दै पूल निर्माण गरिदिने अनुरोध गरेका थिए। पुल निर्माणको कार्य श्रमदानद्वारा गर्नपर्ने प्रस्ताव एडवर्डसले राखेका थिए। उक्त प्रस्तावलाई स्थानीय बासिन्दाहरू साथै समाजहरूले स्वीकारेपछि गत सात महिनादेखि इन्टेकमा पुल निर्माणको कार्य चल्दै आएको छ। जहाँ अजय एडवर्डसको टोली इन्टेकको पुल निर्माण कार्यमा श्रमदान गर्न पुगेको थियो। स्थानीय मानिसहरूसंग संगै टोलीले सबैले उन्मुक्ति पूल निर्माणको कार्यमा श्रमदान गरेका थिए। यो पूलको निर्माण कार्य 70 प्रतिशत पुरा भइसकेको छ। अबको दुई महिनाभित्र पूलको निर्माण कार्य प्रायःपुरा हुने लक्ष्य राखेको एडवर्डसले बताए। उन्मुक्ति पुलले रंगबुल धोतरिया, रम्बुक समष्टिलाई जोडने काम गर्नेछ, यसको साथै 32 वटा गाउँहरूलाई यस पुलले जोडने काम गर्नेछ। त्यसैले यस पुलको नाम नै उन्मुक्ति पुल राखेको उनले बताए। यस उन्मुक्ति पुल भएर सिलगढी जानु धेरै समय बचत हुनेछ। दार्जीलिङ एक पयर्टन स्थल भएको कारणले गर्दा यहाँ देश विदेशको पयर्टकहरू घुम्न आउने गर्छन् जसले गर्दा यहाँ ट्राफिक जाम आदि जस्ता धेरै समस्याहरू भइरहेको छ। तर यो उन्मुक्ति पुल भएर सिलगढी पुग्नु डेढ घण्टा जति समय लाग्ने अनुमान लगाएको एडवर्डसले बताए। उन्मुक्ति पुलको चौथो पिल्लरको ढलाई कार्य भइसकेको छ। खोलादेखि पुलको उच्चाई 18 फुट जति रहेको छ, त्यसरी नै लम्बाई 200 फिट जति रहेको छ अनि चौढाई 16 फिट रहेको छ। उक्त श्रमदान कार्यमा स्थानीय मानिसहरूसंग संगै समाजको कार्यकर्ता साथै सदस्याहरूको उपस्थिति रहेको एडवर्डसले बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ