Edwards would send devotees to see Buddha Gaya, the Rama temple
Edwards would send devotees to see Buddha Gaya, the Rama temple

एडवर्डसले श्रद्धालुहरूलाई बुद्धगया, राम मन्दिरको दर्शन गर्न पठाउने

Share this news

श्रद्धालुहरूलाई तीर्थ स्थानहरूको दर्शन गराउने कार्यहरलाई हामी यथावत राखेको बताउँदै इण्डियन गोर्खा जन शक्ति फ्रण्टका केन्द्रीय संयोजक अजय एडवर्डसले शिघ्रनै श्रद्धालुहरूलाई बुद्धगयाको दर्शन गर्न श्रद्धालुहरूलाई पठाउने तय गरेको बताए। बुद्धगया दर्शनको क्रममा हामीले श्रद्धालुहरूलाई अयोध्याको राम मन्दिरको दर्शन गर्न पठाउने योजना बनाइसकेका छौ।हामीले श्रद्धालुहरूलाई धार्मिक स्थलहरूको विगत धेरै अघिदेखिनै दर्शन गराउदै आइरहेका छौं। विगत दिनमा हामीले नेपालको पवित्र तीर्थ स्थान पाथीभरा माता तथा मन्दिरको दर्शन गराउने कार्यहरू गराइसकेका छौ।त्यसरी नै बिहार राज्यको पवित्र तीर्थ स्थान बौद्धगया सिक्किमको गुरू पद्मसम्भव मूर्तिको दर्शन गराउने कार्यहरू गर्दै आइरहेका छौं। त्यसरी नै इसाई धर्मावलम्बीहरुलाई खरसाङको सन्त मेरिज ग्रोटो आदि स्थानहरूमा दर्शनको निम्ति पठाउदै आएका छौं। हाम्रो लागि आस्था कुनै नारा होइन, आस्था भनेको सेवा हो, आस्था भनेको पहुँच हो, आस्था भनेको गरिमा हो। हामीले यो पहल विशेष गरि चिया बगान क्षेत्रहरूमा बसोबासो गर्ने साथै ग्रामीण क्षेत्रहरूको मानिसहरूको निम्ति ध्यानमा राख्दै शुरू गरेका हौं। उनीहरूको पवित्र भावनाहरूको कदर गर्दै हामीले श्रद्धायात्रा कार्यक्रम शुरू गरेका हौं। जनताको माया र आर्शिवाद पायौं भने हामी सबै धर्मावलम्बीहरुलाई उनीहरूको पवित्र स्थानहरूको दर्शन गर्न पठाउने वाचा गर्छौ। हामीलाई विश्वास छ, हामी जनताको माया र आर्शिबाद पाएर अवश्यै शासनमा आउने छौं। हामी शासनमा आएपछि हामी हाम्रो वाचाहरू अवश्यै पूरा गर्ने छौं। प्रत्येक वर्ष हिउँदोमा साथै वर्ष ऋतुको समयमा हामी विना भेदभाव सबै धर्मलाई एक सम्मान हेर्ने छौं अनि पवित्र तीर्थ स्थानहरूको दर्शन गर्न पठाउने अजय एडवर्डसले बताए।।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ