दार्जीलिङ चौरास्तामा गोर्खा गौरव प्रशान्त तामाङलाई श्रद्धाञ्जली

Share this news

दार्जीलिङ, 13 जनवरी (निसं): २००७-मा भव्य स्वागत गर्ने दार्जीलिङले आज इण्डियन आइडल प्रशान्त तामाङलाई श्रद्धाञ्जलि अर्पण गर्यो। त्यस समय दार्जीलिङको जुन चौरास्तामा प्रशान्त तामाङको एक झलक पाउन साथै उनका गीतहरू सुन्न उनका फ्यान तथा दार्जीलिडेहरू तैछाड़ र मैछाड़ गरिरहेका थिए। १८ वर्षपछि त्यसै स्थानमा उनी आउँदा चौरास्ता मौन थियो, उनलाई पर्खिएर बस्नेहरू सबैका आँखा आँसुले रसाएका थिए। त्यस समय उनी यस चौरास्तामा गीत प्रस्तुत गर्न उभिएका थिए भने आज उनको शरीर श्रद्धाञ्जलि पाउन त्यसै स्थानमा खदाहरूले सजिएको थियो।
दिल्लीबाट आज बिहान उनको पार्थिव शरीर बाघडुग्रा हवाई अड्डा आइपुग्दा दार्जीलिङका कैर्यों मानिसहरू त्यहाँ भेला भएका थिए, जसमा जीटीएका मुख्य कार्यपाल अनित थापा, दार्जीलिङका सांसद राजु विष्ट, दार्जीलिङका विधायक निरज जिम्बा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रमुख अजय एडवर्ड लगायत कैयौं अन्य सामेल थिए। बाघडुग्राबाट उनको शव दार्जीलिङ ल्याउने क्रममा, बाघडुग्रा बिहार मोडदेखि विभिन्न स्थानहरूमा उनको अन्तिम दर्शन गर्न मानिसहरू भेला भएर बसेका थिए। जसको फलस्वरूप उनको शव साँझ ४.३० बजीतिर मात्रै दार्जीलिङको चौरास्ता ल्याइपुऱ्याइएको थियो। त्यस समय दार्जीलिङको चौरास्तामा निकै मानिसहरू भेला भइसकेका थिए। उनको शव यहाँ ल्याइएपछि केही समयसम्म श्रद्धाञ्जलि अर्पण गर्न राखिएको थियो।
यसै समय विभिन्न धर्मका धर्मगुरूहरूले उनको आत्म शान्तिको लागि प्रार्थना गरे। यसअवसरमा गोर्खा जनमुक्ति मोर्चा, इण्डियन गोर्खा जनशक्ति फ्रण्ट, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका साथै अन्य राजनैतिक पार्टीका नेतृत्व तथा समर्थकहरू पनि प्रशान्त तामाङलाई श्र‌द्धाञ्जलि अर्पण गर्न आएका थिए। यसैबीच,दार्जीलिङका संगीत कलाकारहरूले एउटा गीत प्रस्तुत गरेर इण्डियन आइडल प्रशान्त तामाङप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए। आज प्रशान्त तामाङको शवसित इण्डियन आइडल सिजन-३-का अर्का प्रतियोगी मियाङ च्याङ पनि आएका थिए।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ