जिरो वेस्ट म्यानेजमेन्ट विषयमा सचेतना कार्यक्रम

Share this news

सोनादा, (निसं) : रंगबुल ग्राम पञ्चायतको आयोजनामा जिरो वेस्ट म्यानेजमेन्ट विषयमा प्रथमपल्ट आयोजना गरिएको छ। उक्त जीरो वेस्ट कार्यक्रम रंगबुल ग्राम पञ्चायतको 460 पुलको अजम्बरी सार्वजनिक भवनमा सम्पन्न भएको छ।रंगबुल ग्राम पञ्चायत प्रधान योजना सुब्बाको अध्यक्षतामा अनि सचिव कमल लामाको सञ्चालनमा सम्पन्न भएको छ। रंगबुल ग्राम पञ्चायतले टीडीसित मिलेर जीरो वेस्ट विषयमा सचेतना कार्यक्रमको आयोजना गरेको छ। यस अवसरमा रंगबुल ग्राम पञ्चायतले टीडीसित मिलेर 20 वटा परिवारहरुलाई टीडीमा पञ्जीकरण गराएर जीरो वेस्टको आन्दोलनमा सहभागी गराइएको जानकारी प्राप्त भएको छ। यसको साथै टीडीसित मिलेर रंगबुल ग्राम पञ्चायतलाई जीरो वेस्ट ग्राम पञ्चायत घोषणा गरिने लक्ष्य रहेको बताइएको छ।

यस सचेतना कार्यक्रममा आमन्त्रित विशिष्ट अतिथिको रुपमा टीडीबाट आएका सुरज तामाङ लगायत अन्य अतिथिगणमध्ये कोठीडाँड़ा सेवा समिति, अजम्बरी संघ, अमरज्योति वेलफेयर सोसाइटी, सीधा लाइन परिवार समाज, दियालो संघ, तथागत्‌‍ कल्याण समाज, सिंचेल थुम्की समाज, तितेपाती महिला बहुउद्धेशीय सहकारी समिति, भिबीडी दल, ग्राम पञ्चायत सदस्यगण अन्जली तामाङ, बुद्ध डुक्पा, एनोसहाङ्ग सुब्बा, पञ्चायत समिति सदस्यद्वय याङ्गलमू शेर्पा अनि कमला योल्मो लगायत ग्राम पञ्चायत कर्मचारीगण स्नेह चामलिङ, रबि थापा, पासङ्गकाजी शेर्पा, रिन्छेन तामाङ लगायत जिरो वेस्टमा नाम दर्ता गर्ने सदस्य सदस्याहरुको उपस्थिति रहेको थियो।

यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै रंगबुल ग्राम पञ्चायतले सचिव कमल लामाले रंगबुल ग्राम पञ्चायतले टीडीसित मिलेर विभिन्न विषयमा सचेतनामूलक कार्यक्रमहरु आयोजना गरिरहेको र जिरो वेस्ट म्यानेजमेन्ट विषयमा पनि सचेतना कार्यक्रम आयोजना गरिएको जानकारी गराएका छन्‌‍। उनले रंगबुल ग्राम पञ्चायतलाई जीरो वेस्ट ग्राम पञ्चायत घोषणा गरिने लक्ष्य रहेको पनि बताएका छन्‌‍। उनले यस विषयमा टीडी र रंगबुल ग्राम पञ्चायतले मात्र पहल गरेर हुँदैन तर जनसाधारण पनि सचेत हुनु पर्ने र विभिन्न संघ संस्थाहरुले यस विषयमा सचेत भएर कार्य गर्नु पर्ने आवश्यकता रहेको बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ