इण्डियन गोर्खा जन शक्ति फ्रण्टका केन्द्रीय कार्यकारिणी सदस्य फिन्जो वाङगेल गुरूङले जीटीए चीफको जिम्मेवार पदभारमा बसेका जन प्रतिनिधि अनित थापाको दोहोरो नागरिकताको विषयमाथि जानकारी कसरी ब्यक्ति विशेष भयो भनेर प्रश्न तेर्साएका छन्। उनले यही विषय लिएर साता दिनभित्रमा उच्च न्यायालय जाने बताए।
पश्चिम बंगाल सूचना आयोगले आइजीजेएफको दोस्रो अपिललाई पनि खारिज गरेको हुनाले अब उच्च न्यायलय जाने निर्णय लिएको उनले बताए। गत केही महिना अघि जीटीए चीफ अनित थापाको दोहोरो नागरिकताको विषयमाथि जाँच भएको थियो।जाँच रिपोर्टमा के छ त! भन्ने विषय लिएर 2023 फिन्जो वाङगेल गुरूङले पश्चिम बंगाल सूचना आयोग समक्ष अर्जी चढाएका थिए अनि त्यो अर्जीलाई खारिज गरी दिएको थियो। उनले दोस्रो अर्जीमाथि कोलकता स्थित पश्चिम बंगाल सूचना आयोग समक्ष सुनवाई भयो जसमा आयोगले ब्यक्तिगत विशेष बताउँदै उक्त अर्जीलाई खारिज गरी दियो। यसभन्दा अघि पनि उनको अर्जीलाई ब्यक्ति विशेष बताउँदै खारिज गरेको थियो। तर जीटीए चीफ अनित थापाको दोहोरो नागरिकताको विषयमाथि जसले जाँच गरे, उनी पनि सरकारी पदभारमा बसेका पदाधिकारी नै थिए अनि जसमाथि जाँच बसेको थियो उनी पनि मंत्री मण्डलस्तरकै पदाधिकारी नै हुन्। त्यसकारण उनीमाथि बसेको जाँच कमिटी रिपोर्ट चाँहि कसरी ब्यक्ति विशेष भयो भनेर प्रश्न तेर्साए।
आइजीजेएफले मांगेको सुचनाको अर्जीलाई पश्चिम बंगाल सूचना आयोगले खारिज गर्दै उत्तर दिन दिनु अस्वीकार गरयो। दोहोरो नागरिकता कानूनी अपराध हो, यति ठूलो पदभारमा बसेको ब्यक्तिमाथि यो दोहोरो नागरिकताको आरोप लागेको छ। यसले ठूलो प्रश्न जन्माएको छ, सरकारले सूचनाको अधिकारदेखि बंचित गरेर कसलाई बचाउन खोज्दैछ? भन्ने प्रश्न गर्दै फिन्जो वाङगेल गुरूङले राष्ट्र सुरक्षाको नजरले हेर्ने हो भने देशको निम्ति खतरा हो।भारत-नेपाल दुवै देशको नागरिकता राखेर बसेका जीटीए चीफ अनित थापामाथि आरोप लागि रहेको छ, जसको सत्यता जान्ने हामी सबैको अधिकार छ। तर पश्चिम बंगाल सूचना आयोगले आइजीजेएफको अर्जीलाई खारिज गर्दै आएको छ। पश्चिम बंगाल सूचना आयोगको निर्णयको विरोधमा आइजीजेएफ उच्च न्यायलय जानेछ अनि एक साता दिनभित्रमा उच्च न्यायलयमा याचिका दर्ता गर्ने उनले बताए।












