दार्जीलिङ,9 जनवरी(निसं): गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन(जीटीए) र दार्जीलिङ पहाडका अधिकांश पञ्चायतहरूलाई विजय प्राप्त गरिसकेको अनित थापा नेतृत्वको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (बीजीपीएम)-ले आगामी विधान सभा चुनावको निम्ति दार्जीलिङ पहाडको तीनवटा विधानसभा आसनहरु दार्जीलिङ, खर्साङ अनि कालेबुङ आसनबाट आफ्नो उम्मेदवारहरू अन्तिम रूप दिँदै तीन जना उम्मेदवारहरु चयन गरिसकेकोछ भनी बीजीपीएम विश्वस्त सुत्र मार्फत जानकारी प्राप्त भएकोछ।
बीजीपीएम विश्वस्त सुत्र अनुसार, पार्टीले दार्जीलिङ विधानसभा आसनबाट स्कूल सेवा आयोग (एसएससी पहाडी क्षेत्र)-का वर्तमान अध्यक्ष तथा पुर्व शिक्षक विजय कुमार राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसरी नै पार्टीका महासचिव अमर लामा खर्साङ विधानसभा आसनबाट उम्मेदवार हुनेछन्, अनि कालेबुङ वर्तमान विधायक रुदेन सदा लेप्चालाई त्यसी आसनबाट पुन: उम्मेदवारको रुपमाखडा गरिनेछ। यद्यपि, पार्टीले आधिकारिक रूपमा नाम घोषणा गरेको छैन।
सुत्र अनुसार, पार्टीले धेरै नामहरूमाथि छलफल गरेपछि यी नामहरूलाई अन्तिम रूप दिएकोछ। वास्तवमा, पार्टी अध्यक्ष अनित थापाले नामहरूमाथि निर्णय गर्नुअघि धेरै पार्टी नेताहरूसँग व्यक्तिगत रूपमा कुरा गरेका थिए।
दार्जीलिङ नगरपालिकाका पूर्व पार्षद लामा र विधायक लेप्चा पहाडका चर्चित राजनीतिक अनुहार हुन् भने,पुर्व शिक्षक विजय राई राजनीतिमा अपेक्षाकृत अनि जनपरिचित नयाँ मुहार हुन्।
दार्जीलिङ विधानसभा आसनका बीजीपीएमका उम्मेदवार विजय कुमार राई दार्जीलिङ सरकारी उच्च माध्यमिक विद्यालयका भर्खरै अवकाश प्राप्त प्रधानाध्यापक हुन् भने उनी जिल्ला विद्यालय बोर्डको अध्यक्षको रूपमा पनि नियुक्त थिए। उनी लेखक हुन्, उनले नेपालीमा असंख्य साहित्यिक कृतिहरूको सम्पादन गर्नुभएको छ। दार्जीलिङको प्रसिद्ध सामाजिक संस्थाहरू गोर्खा दु:ख निवारक सम्मेलन, हिमालयन कला मन्दिर र दार्जीलिङ-सिक्किम मैत्री संघ, लगायतसँग पनि सक्रिय रूपमा सम्बद्ध छन्।
स्मरण रहोस, गत 2021 को विधानसभा चुनावमा भाजपाले दार्जीलिङ र खर्साङ दुवै आसन जितेको थियो भने बीजीपीएमले कालेबुङ आसनमा जितेको थियो।
यस वर्षको राज्य चुनावमा एएजीपीएम पार्टी राम्रो प्रदर्शन गर्ने साथै पहाडको तीनवटा आसनहरुमा विजय गर्ने कुरामा विश्वस्त छ, किनभने पार्टीले जीटीए र धेरैजसो पञ्चायत दुवैमा जितेको छ भन्ने बीजीपीम पार्टी स्रोतले भनेकोछ।















