दार्जीलिङ, 9 जनवरी(निसं): आगामी 9 र 10 फरवरीको दुई दिन दिल्लीमा संसद धरनाको कार्यक्रमलाई सफल बनाउन क्रामाकपा (क्रान्तिकारी माक्र्सवादी कम्युनिस्ट पार्टी) केन्द्रीय कमिटी शीर्षस्थ नेतृत्व टोलीले सिंहमारी स्थित गोजमुमो(गोर्खा जनमुक्ति मोर्चा) केन्द्रीय कार्यालयमा गोजमुमो पार्टी अध्यक्ष बिमल गुरुङलाई भेट गरी निमन्त्रणा पत्र हस्तान्तरण गरिएको क्रामाकपाले जानकारी गराएकोछ।
क्रामाकपाको थप जानकारी अनुसार, दिल्लीमा संसद धरनाको कार्यक्रमलाई सफल तुल्याउन क्रामाकपा केन्द्रीय कमिटीको शीर्षस्थ टोली दार्जिलिङ सिंहमारी स्थित गोजमुमो केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष श्रीमान बिमल गुरुङज्यूलाई भेट गरी निमन्त्रणा पत्र हस्तान्तरण गरियो।
दिल्लीमा संसद धरनाको कार्यक्रमलाई सफल बनाउन गोजमुमो पार्टीबाट हरसम्भव सहयोग गर्ने बिमल गुरुङले आश्वासन सँगसँगै उनी स्वयं पार्टीका शीर्षस्थ नेतृत्वहरू धर्ना कार्यक्रममा सहभागी बन्ने पनि वचन दिइएको क्रामाकपाले बताएको छ।
क्रामाकपाले बताए अनुसार,लगभग एक घण्टाको सौहार्दपूर्ण वार्तालापमा गोर्खा जातिको दीर्घकालिन मुद्दा साथै राजनैनिक परिस्थितिबारे पनि चर्चा गरियो। यसरीनै हामी एकबद्ध भई सहकार्य गर्न सके मात्र जातिको हित हुने बारे विचार विमर्श गरियो। क्रामाकपा शीर्षस्थ टोलीमा पार्टीका महासचिव नर्बु लामा, संयोजक अर्जुन थापा, केन्द्रीय प्रवक्ता अरुण घतानी, संगठन प्रमुख शेखर छेत्री अनि मिडिया सेल प्रभारी अर्पण राईको उपस्थिति रहेको थियो।












