बालुवाबास स्काई वक नजीक स्वीमिङ पुल र पार्क निर्माण

Share this news

दार्जीलिङ,9 जनवरी(निसं): अहिले बालुवा बास स्काई वक नजीक स्वीमिङ पुल अनि पार्कको निर्माणले बालुवा बास स्थललाई थप रमाइलो पुग्ने प्रशस्त सम्भावना बढेर गईरहेको छ। सोम,सिङताम र चुङथुङ तीन वटा चियाबारीहरुको संगम स्थल बालुवाबास खोला यसै पनि रमाईलो स्थल हो। जहाँ  झोलुङ्गे पुललाई अजय एडवर्डको पहलमा स्काई वक र गाड़ी आऊ जाऊ गर्न सक्ने ब्रिज निर्माण भए पछि  स्थानीय मानिसहरू लगायत पर्यटकहरु धेरै आउने गर्छन्
सो अहिले फेरि थप अर्को आकर्षणको योजना सिङताम चियाबारी निवासी रिन्छेन तामाङले आफ्नो निजी खेतबारीमा स्वीमिङ पुल अनि पार्कको निर्माण गरिरहेका छन्। यस योजनाले बालुवाबास थप रमाइलो स्थल भएर  जानेछ। अहिले सत्तर प्रतिशत स्वीमिङ पुलको निर्माण भइसकेको छ भने थप योजनाहरू अझ बढाएर लैजाने रिन्छेन तामाङले बताए ।
उनले बताए अनुसार आगामी अप्रेल महिनामा भवयतापूर्वक उद्घाटन कार्यक्रम गरेर स्वीमिङ पुल अनि अन्य योजना चालु हुनेछ।
उनको यस योजनाले पर्यटक अनि स्थानीय मानिसहरूको आगमन शुरू भए पछि बालुवाबास नजीक रहेका मसिना दोकानदार हरुलाई पनि धेरै फाइदा पुग्ने तामाङले जनाए। कुनै एक समय बालुवा बास गिट्टी बालुवा निकाल्नेहरुको निम्ति मात्र एउटा स्थल रहेको थियो।
तर जब बालुवाबास खोलामाथि अजय एडवर्डको सहयोगमा वारिपारिका समाजका सदस्यहरूको श्रमदानमा ब्रिज निर्माण गरियो अनि झोलुङ्गे पुललाई स्काई वक बनाइयो तब देखि बालुवा बास रमाइलो स्थल भएर गएको हो। अहिले थप नजिकै स्वीमिङ पुल अनि पार्कको निर्माणले बालुवा बास अझ रमाइलो भएर जाने निश्चित अवस्था देखिन्छ।

Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आजको रोजाइ