एक विशेष समारोहको आयोजन गरी नाम्चीमा EPCS चर्चको उद्घाटन गरिएको थियो। यो अवसर विश्वास, एकता र सामूहिक प्रतिबद्धताको भावनाले चिह्नित भएको थियो, जसले ख्रीष्टियन समुदायका बलियो मूल्य र सद्भावना झल्काउँछ। यो चर्चको उद्घाटन
हुनुमा मुख्यमन्त्री, प्रेम सिंह तामाङ-गोलेको विशेष निरन्तर मार्गदर्शन र समर्थन रहेको थियो। मुख्यमन्त्रीको विवेकाधिकार अनुदान (CMDG) अन्तर्गत चर्च निर्माणको सफल समापन उनको समावेशी दृष्टि र सबै समुदायको समर्थन गर्ने प्रतिबद्धताको प्रमाण हो। उनको प्रोत्साहनले यस पवित्र परियोजनालाई वास्तविकतामा परिणत गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
कार्यक्रममा केही सम्माननीय चर्च नेताहरू र गणमान्य व्यक्तिहरूको उपस्थितिले शोभा बढाएको थियो, जसमा रेव. बिकास राई, CEC अध्यक्ष; रेव. विजय छेत्री, मोडरेटर, CEPCS; रेव. पी. डी. तामाङ, प्रिस्बिटर इन्चार्ज, राबोङ प्रेस्बिटरी; एल्डर पत्रुस गुरुङ; रेव. डी. एस. राई र रेव. एस. डी. लेप्चा रहेका थिए। किशोर डुङमाली, अध्यक्ष, अखिल सिक्किम ख्रिश्चियन संगठन र सी. एल. गुरुङ, सल्लाहकार, खाद्य प्रशोधन उद्योगको उपस्थितिका लागि र प्रोत्साहनका लागि पनि कृतज्ञता व्यक्त गरियो।
यसरी नै जिल्ला पञ्चायत सदस्यहरू र रान्की–संगमू तथा रावङ–खोप GPU का ग्रामपञ्चायत सदस्यहरूको सहकार्य र सहभागिताका लागि पनि समान रूपमा आभार व्यक्त गरियो, जसले कार्यक्रमलाई अर्थपूर्ण बनाउन सहयोग पुऱ्याएका थिए।
यस विशेष अवसरमा, चर्चका जमिन दाता राम बहादुर राई (डेविड) लाई उनको उदार अनि निःस्वार्थ योगदानको सम्मानस्वरूप सम्मानित गरियो। उनको यो महान् कार्य समुदायप्रतिको सेवा र समर्पणको वास्तविक उदाहरणको रूपमा रहेको बताइएको छ।
चर्चका सदस्यहरू र आयोजकहरूलाई दोजक इपीसीएस चर्चको सफल उद्घाटनको लागि बधाई दिंदै यो पवित्र स्थल भावी पुस्ताका लागि विश्वास, शान्ति र सामाजिक सद्भावको केन्द्रको रूपमा निरन्तर सेवा गरोस् भन्ने कामना गरियो।












