बिमा प्राधिकरण र सिचुवान हेल्थ सेक्युरिटीबीच स्वास्थ्य बिमासम्बन्धी छलफल

Share this news

काठमाडौँ — नेपाल बिमा प्राधिकरण र चीनको सिचुवान प्रान्त अन्तर्गतको सिचुवान हेल्थ सेक्युरिटी एडमिनिस्ट्रेसनबीच सिचुवान प्रान्तको छेङ्दुमा आज स्वास्थ्य बिमा सम्बन्धी उच्चस्तरीय छलफल सम्पन्न भएको छ ।

नेपालबाट नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नेतृत्वमा चीन पुगेको टोली र चीनबाट सिचुवान हेल्थ सेक्युरिटी एडमिनिस्ट्रेसनका उपमहानिर्देशक झाङ हेफेङ नेतृत्वको टोलीबीच स्वास्थ्य बिमा, स्वास्थ्य बिमा प्रणाली, स्वास्थ्य बिमा सम्बन्धी नीति तथा संरचना र स्वास्थ्य सुरक्षण लगायतका विषयमा छलफल भएको हो ।

कार्यक्रममा स्वास्थ्य बिमाको दिगोपन सुनिश्चित गर्ने उपाय, भुक्तानी प्रणालीमा सुधार, बिमाले प्रदान गर्ने रक्षावरण, निजी क्षेत्रद्वारा सञ्चालित स्वास्थ्य बिमा योजना, नागरिकलाई सहज र सुलभ सेवा प्रदान गर्ने विधि, स्वास्थ्य सुरक्षामा सार्वजनिक र निजी क्षेत्रको सहकार्य, सेवा प्राप्तिमा पारदर्शिता, बिमाप्रतिको विश्वास अभिवृद्धि र डिजिटल प्रविधिको प्रयोगमार्फत स्वास्थ्य बिमाको प्रभावकारिता अभिवृद्धि लगायतका विषयमा विस्तृत छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा चीनको सिचुवान हेल्थ सेक्युरिटी एडमिनिस्ट्रेसनका उपमहानिर्देशक झाङ हेफेङले सिचुवान प्रान्तमा स्वास्थ्य सुरक्षालाई तीन भागमा वर्गीकरण गरी पहिलो चरणमा बेसिक हेल्थ केयर सुविधा, दोस्रोमा थप प्रिमियम तिर्दा घातक रोगको उपचार सुविधा र तेस्रो चरणमा मेडिकल एसिस्टेन्सको व्यवस्था रहेको जानकारी दिए ।

उपमहानिर्देशक झाङले संस्थाको आर्थिक अवस्था अनुसार नागरिकलाई दिइने सुविधा थप गर्ने गरिएको उल्लेख गर्दै सरकारी स्वास्थ्य सुरक्षा योजनाले जोखिम नबेहोर्ने रोगको उपचारका लागि नागरिकले स्वास्थ्य बिमा खरिद गर्ने गरेको छन् । सरकारी स्वास्थ्य सुरक्षा तथा आधारभूत सेवा अन्तर्गत नियमित प्रयोग हुने औषधि तथा आधारभूत मेडिकल सेवा प्रदान गर्ने गरिएको उनले बताए । गलत तथा फर्जी दाबी रोक्न आन्तरिक नियन्त्रण प्रणालीलाई बलियो बनाउँदै गलत दाबी गर्ने स्वास्थ्य संस्थालाई उच्च जरिवानाका साथै कडा कारबाहीको व्यवस्था गरिएको उल्लेख रहेको उनले जानकारी दिए ।

उपमहानिर्देशक झाङले सरकारी स्वास्थ्य सुरक्षा अन्तर्गत संस्थाको वित्तीय अवस्था तथा सरकारले गर्ने आर्थिक सहायताका आधारमा सेवा थप गर्ने गरिएको र निजी क्षेत्रका बिमा कम्पनीले बिक्री गर्ने बिमामा धेरै सुविधाहरू रहेको जानकारी दिए ।

कार्यक्रममा नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सरकारी स्वास्थ्य सुरक्षा योजना र निजी क्षेत्रका स्वास्थ्य बिमाबीच रहेका फरक र सरकारी स्वास्थ्य सुरक्षा प्रणालीको दिगोपनका सम्बन्धमा जिज्ञासा राखेका थिए ।

अध्यक्ष ओझाले नेपालमा स्वास्थ्य बिमा सम्बन्धी नीति तर्जूमा गर्दा सिचुवान प्रान्तको अनुभवलाई प्राधिकरणले आत्मसाथ गर्ने बताए ।

कार्यक्रममा नेपालबाट नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा र कार्यकारी निर्देशक सुशीलदेव सुवेदी तथा छेङ्दुस्थित नेपालका महावाणिज्यदूत सुरेश राउत सहभागी थिए ।

Share this news
आजको रोजाइ
गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

आजको रोजाइ