मिरिक महकुमा शासक कार्यालय अनि मिरिक नगरपालिकाकाे सयुक्त आयाेजनामा आगमी १५ जनवरीमा नशा मुक्ति भारत अभियान कार्यक्रम मिरिक झील परिसरमा आयाेजना गरिने भएकाे छ। उक्त अभियानलाई सफल बनाउन बिहीबार मिरिक नगरपालिका कार्यालयमा मिरिक नगरपालिका अध्यक्ष एलबी राईकाे अध्यक्षतामा एउटा सभा गरियाे। जसमा मिरिक महकुमाका डीएमडीसी, मिरिक नगरपालिकाका एक्जेक्युटिभ अफिसर, सामाजिक कार्यकर्ताहरू आशिष तामाङ, अरबीन आङला सुब्बा, एटी राई, मनिन्द्र लिम्बू , मिरिक पन्चायत समिति सदस्य समीर राई, जनसम्पर्क अधिकारी विवेक गाेले लगायत मिरिक ब्यावसाय संगठन, मानव अधिकार संगठन, बह्मकुमारी इश्वरीय विध्यालय, भूतपूर्व सैनिक संगठन, घर-घर लाहुरे संगठन, कृष्णनगर क्लब, मिरिक कराँते डाे एशाेसिएशन आदिका प्रतिनिधिहरू उपस्थित थिए। कार्यक्रममा नशा मुक्ति भारत अभियान अन्तर्गत ड्रग्स विक्री वितरण विरूद्ध अभियान, सचेतना कार्यक्रमसहित मिरिक पर्यटन केन्द्रलाई सुन्दर र ब्यवस्थित राख्ने विषयमा सफाई अभियान चलाइने भएकाे छ। कार्यक्रममा उपस्थित सबै प्रतिनिधिहरूले कार्यक्रमलाई सफल बनाउने सुझाउ अनि मनतब्य पाेखे। कार्यक्रममा मिरिक पर्यटन केन्द्रलाई सफा राख्न डस्टवीन राखिने अनि मिरिक पर्यटन केन्द्रकाे विभिन्न ठाउँलाई परिचय गराउन सुचक बाेर्ड राख्ने प्रस्ताव ग्रहण गरियाे। सभापछि मिरिक नगरपालिका अध्यक्ष एलबी राई अनि सामाजिक कार्यकर्ता आशिष तामाङले युवा पींढीलाई ड्रग्स जस्ताे हानिकारक पदार्थबाट जाेगाएर असल समाजकाे निर्माण गर्न उक्त कार्यक्रमकाे आयाेजना गरिएकाे बताुँदै जसमा सबैलाई सहभागी भइदिने अनुराेध गरे। नेतृत्वद्वयले मिरिकलाई स्वच्छ राख्ने उद्देश्यले पनि उक्त कार्यक्रमकाे आयाेजना गरिएकाे बताउँदै जहाँ सफाइ अभियान पनि चलाइने जानकारी गराए।












