बिजनबारी, 8 जनवरी(निसं): गत वर्ष डिउटीकै अवधी सैन्य वाहन दुर्घटनामा परी ज्यान गुमाएका भारतीय सेनामा कार्ररत प्रयास गुरुङको चिल्ड्रेन पार्क बिजनबारीमा शालिक बुधबार एक कार्यक्रम बीचमा अनावरण गरियो।
बिजनबारी अग्नि शमन केन्द्र नजिकै निर्मित चिल्ड्रेन पार्कमा निर्मित शालिग अनावरण कार्यक्रममा जीटीए कृषि विभागीय सभासद सतिश पोख्रेल, दार्जिलिङ पुलबजार खण्ड पञ्चायत समिति सह सभाधिपती पेम्बा मोक्तान, माकपा नेता केबी वातर, टीए(टेरिटोरी आर्मी) अधिकारीगण भुतपुर्व सैनिक सङ्गठन प्रतिनिधिहरु साथै बिजनबारी क्षेत्रका विभिन्न सङ्घ-संस्था अनि समाजका प्रतिनिधिगण, सैनिकका परिवार लगायत सर्वसाधारणगणको विशेष उपस्थिती थियो। देशभक्ती वातावरणमा आयोजित कार्यक्रममा विद्याज्योती अङ्ग्रेजी बिध्यालयका विद्यार्थीहरुले विभिन्न धुनहरु बजाएर अझै देशभक्ती वातावरणको सिर्जना गरेका थिए भने कार्यक्रमको रौनक अझै बढाए। यसैबीच उपस्थित सम्पुर्णले प्रयास गुरुङको देशप्रतीको समर्पणलाई कदापि भुल्न नहुने बताउदै उनलाई स्मरण गरे।
याद रहोस् दार्जिलिङ पुलबजार खण्ड अधिनस्त रेलिङ ग्राम पन्चायतको लोवर लामागाउँ मुल निवासी तथा हाल बिजनबारी बजारमा बस्दै आएका अनिल गुरुङका २० बर्षिय कान्छो छोरा प्रयास गुरुङको गत साल एक सैन्य वाहन दुर्घटनामा परी दुर्भाग्यपूर्ण निधन भएको थियो।












