कृषि विभागद्वारा कृषकहरूलाई कृषि ओैजार वितरण 

Share this news

पुलबजार, 8 जनवरी (निसं): दार्जीलिङ- पुलबजार कृषि विभाग साथै जीटीए-को संयुक्त तत्त्वधानमा कृषकहरूलाई लिएर विभिन्न प्रकारको कृषि औजार प्रदान गरिएको छ। जीटीए कृषि विभागीय  सभासद सतिश पोखरेलको प्रमुख उपस्थितिमा सम्पन्न कृषि फार्म बिजनबारीमा भएको  कार्यक्रममा डिपुटी डाइरेक्टर कृषि विभाग दार्जीलिङका पार्थ रोय, सहकृषि निर्देशक रापदेन भुटिया, सहकृषि निर्देशक दार्जीलिङ पुलबजार खण्ड बिजनबारीका धिरेन क्षेत्री, खण्ड प्राविधि अधिकारी निङ्गमा शेर्पा आदिको विषेश उपस्थिति रहेको थियोे ।
  सहप्राविधि अधिकारी हेमकुमार क्षेत्रीद्वारा सञ्चालित कार्यक्रममा जीटीए कृषि विभागीय सभसाद सतिश पोखरेलले बोल्दै भने, कृषि विभाग अनि जीटीए  कृषकहरूको साथमा सदैव खडा रहेको बताए।  उनले कृषकहरूलाई सकेसम्म सहयोग पुर्‍याउने वचन पनि दिएको छ। कार्यक्रममा कृषकहरूले कृषि विभागबाट सब्सिडीमा कुन कुन प्रकारको कृषि औजारहरू पाउन सकिन्छ भन्नेबारेमा कृषि सहनिर्देशक धिरेन क्षेत्रीले प्रकाश पारे । यसका साथै  विभागमा चलिरहेको विभिन्न योजनाहरू साथै कृषि औजारको महत्वबारे डिपुटी डाइरेक्टर कृषि विभाग दार्जीलिङ पार्थ रोयले कृषकहरूलाई जानकारी दिएका छन।  आजको कार्यक्रममा कृषकहरूलाई जम्मा 46 भन्दा धेरै कृषि औजारहरू प्रदान गरिएको सहप्राविधि अधिकारी हेमकुमार क्षेत्रीले जानकारी दिए।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ