दार्जीलिङ, 8 जनवरी(निसं): 44 वर्षको मित्रता सन्त रोबर्ट्स 1988 सत्रका विद्यार्थीहरु भेटघाटको हर्षोलास कार्यक्रम भयो। गत 4 जनवरीको सन्त रोबर्टस उच्च विद्यालयका 1988 सत्रका एलुमुनाईका छात्रहरूको प्रतिवर्ष भेटघाट बड़ो हर्षोल्लासका साथ यल्लो स्टोन रिसोर्ट दुधियामा सम्पन्न भयो भनी
एलुमुनाई सदस्य पुर्व छात्र पारास छेत्रीले जानकारी गराएका छन्।
गत 19 82 सालामा कक्षा पाचौंदेखि सँगै विध्यार्जन गरेका विद्यार्थीहरु यसरी भेटघाट हुदा धेरै भावुक बनेका थिए ।समाजका विभिन्न तप्का अनि विभिन्न पेशामा रहेका विध्यार्थीहरु यसरी 44 वर्ष सम्म एकार्कमा माया गासेर साथ सधै दिने अनि सामाजिक कार्यमा सँधै तत्पर अनि सक्रिय, यस समूहको कार्यक्रमका आयोजक नोरदेन भोटिया यसको जानकारी दिएका छन्।












