‘मिस नेपाल क्यानडा’ को उपाधि सुवेदीलाई

Share this news

काठमाडौँ — नेपाली समुदायको सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले आयोजित ‘मिस नेपाल क्यानडा २०२५’ को उपाधि अनु सुवेदीले जितेकी छन् भने ‘मिसेस नेपाल क्यानडा २०२५’ को उपाधि मेग्ना गजमेरले हात पारेकी छन् ।

ब्राम्पटनस्थित स्प्रेन्जा पार्टी हलमा सम्पन्न प्रतियोगिताक दुवै विजेतालाई गत वर्षकी मिसेस नेपाल क्यानडा सृष्टि श्रेष्ठले ताज लगाइदिएकी थिइन् । प्रतियोगितामा १० जना प्रतिस्पर्धीहरूले सहभागिता जनाएका थिए, जसमा ओन्टारियोसहित अन्य प्रान्तबाट समेत सहभागी आएका थिए ।

प्रतियोगितामा मिस क्याटेगोरीतर्फ प्रशंसा भट्टले फस्ट रनरअप तथा स्वर्णपरी श्रेष्ठले सेकेन्ड रनरअप हासिल गरिन् । त्यस्तै, मिसेस क्याटेगोरीमा मञ्जु बस्नेत फस्ट रनरअप र प्रतीक्षा कुँवर सेकेन्ड रनरअप घोषित भए ।

प्रतिभा प्रदर्शनका विभिन्न उपविधामा पनि प्रतिस्पर्धीले उत्कृष्टता देखाए । क्याटवाकतर्फ अनु सुवेदी, फोटोजेनिकमा प्रतीक्षा कुँवर, विस्डम विधामा सरिता पन्त, पिपुल्स च्वइस अवार्डमा पुष्पाञ्जली आचार्य, एलेक्वेन्समा मञ्जु बस्नेत, कन्फिडेन्समा स्वर्णपरी श्रेष्ठ, बेस्ट ड्रेस विधामा प्रशंसा भट्ट, काइन्डनेस अवार्डमा मेग्ना गजमेर विजयी बने ।

त्यस्तै, सामाजिक प्रभाव (सोसल इम्प्याक्ट) विधामा अनु सुवेदी र प्रेरणादायी (इन्स्पिरेसन) विधामा पुष्पाञ्जली आचार्यले अवार्ड हात पारे ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान