Coffee cultivation is also currently being developed
Coffee cultivation is also currently being developed

कफी खेतीलाई पनि वर्तमान समयमा विकसित गर्ने कार्य हुँदै

Share this news

भाैगाेलिक दृष्टिकोणले कृषि अनि वागवानीकाे लागि उपयुक्त मानिने मिरिकमा कफी खेतीलाई पनि वर्तमान समयमा विकसित गर्ने कार्य भइरहेकाे छ। विशेष गरि सुन्दरवन ड्रीम प्राेजेक्टले मिरिक महकुमा अन्तर्गत साैरेनी समष्टिकाे मन्जु,साैरेनी बस्ती,नाेल आदि ठाँउमा कफी खेतीलाई विकसित गर्ने कार्य गरिरहेकाे छ भने मन्जु चियाकमानका धेर‌ै कृषकहरूले कफी खेती गरेर आमदानी समेत गर्न थालेकाे देखिएकाे छ। सुन्दरवन ड्रीम प्राेजेक्टका निर्देशक एम मुस्तफाले भाैगाेलिक दृष्टिकोणले मिरिककाे निम्न क्षेत्र कफी खेतीकाेलागि उपयुक्त स्थान रहेकाे अनुसन्धान मार्फत याद पाएपछि यी क्षेत्रहरूमा कफी खेती शुरू गरिएकाे जानकारी गराउँदै हाल यहाँका धेरै मानिसहरूले कफी खेती शुरू गरेकाे बताए। तिनले यी क्षेत्रहरूमा कफीकाे बाेट राम्राे झ्याङ्गिएकाे अनि फलन पनि राम्राे देखिएकाेले यहाँका मानिसहरूले कफी खेती गरेर पनि आमदानी गर्न सक्छ भन्ने स्पष्ट भएकाे छ भने। तिनले विश्वमा धेरै मानिसहरूले कफी पिउने गरेकाेले विश्व बजारमा कफीकाे माग र दाम दुवै राम्राे रहेकाे जानकारी गराँउद‌ै हाल मन्जुबाट एक किलाेग्राम पाकेकाे कफी तीन सय रूपियाँमा बिक्री भइरहेकाे बताए। विश्व बजारमा जति कफीकाे माग छ उति उत्पादन कृषकहरूले गर्न नसकेकाे आवस्था हाल रहे पनि विस्तारै कृषकहरूले कफी खेती शुरू गरेर उत्पादनलाई बडाँउने प्रयास गरिरहेकाेले भविष्यमा यहाँ धेरै कफी उत्पादन हुने अनि मानिसहरूले कफी खेतीबाट पनि आमदानी गर्ने धेरै आशा गरिएकाे बताँउदै एम मुस्तफाले सुन्दरवन ड्रीमले कफी खेतीलाई विकसित गर्न बिरुवा उपलब्ध गराँउद‌ै कफी खेती सम्बन्धि सम्पूर्ण जानकारी प्रदान गर्ने कार्य पनि गरिरहेकाे बताए। तिनले कफी खेती गर्न इच्छुक कृषकहरूले मन्जु चियाबारीमा स्थापित सुन्दरवन ड्रीम प्राेजेक्टका सदस्यहरूसित सम्पर्क गर्न सक्ने जानकारी गराउँदै कफी खेतीबारे हामी सम्पूर्ण ज्ञान उपलब्ध गराउन तयार भएको बताए। यता सुन्दरवन ड्रीमसित आबद्ध रहेर कफी खेती गरिरहेका मन्जु चियाबारीका किरण रसाईली सुन्दरवन ड्रीमले दिएकाे जानकारीकाे आधारमा नै मन्जुका धेरैजनाले कफी खेती शुरू गरेकाे जानकारी गराउँदै कृषकहरूले सुन्तला खेती जस्तै कफी खेतीबाट पनि आमदानी गर्न सक्ने अनुभव हामीलाई हाल भइरहेकाे बताए। रसाईलीले कफी खेतीकाेलागि हाम्राे जमिन उपयुुक्त रहेछ भन्ने प्रमाण भइसकेकाे बताए। केवल हामीले केही बर्ष परिश्रम गरेर कफी खेतीलाई विकसित गर्याै भने आमदानी राम्रो हुने कुराे हामीले बुझेर नै कफी खेती शुरू गरेका बताए। तिनले कफी खेतीमा साह्रै परिश्रम र समय पनि नलाग्ने जानकारी गराउँदै एकचाेटी कफी राेपेपछि धेरैवर्षसम्म उत्पादन हुने हुनाले बाजाे जमीन राख्नुभन्दा कफी खेती शुरू गरे आर्थिकरूपमा हामी बलियाे बन्न सक्ने बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ