खरसाङ, (मोहन प्रसाद): भारतीय जनता पार्टी स्मलर स्टेट्को फेवरमा नरहेर स्मलर स्टेटको फ्लेवरमा भोट बटुल्ने कार्य गरिरहेको छ भनी इण्डियन गोर्खा जन शक्ति फ्रन्टका खरसाङका प्रवक्ता आरके शर्माले आरोप लगाएका छन्।
खरसाङ्मा पत्रकारहरूद्वारा वर्तमानमा सामाजिक सञ्जाल मार्फत् भाजपा नेता अनि वरिष्ठ अभिनेता मिथुन चक्रवर्तीको विरोध अनि आलोचना भइरहेकोमा साथै अभिनेताको खरसाङ्मा आईतवार प्रस्तावित सभा स्थगित गरिएकोमा आईजीजेएफ पार्टीको प्रतिक्रियाको बारेमा सोधिएकोमा, आईजीजेएफ पार्टीको खरसाङ्का प्रवक्ता आरके शर्माले उक्क कुरो बताएका हुन्। तिनले बताए अनुसार, विगतमा क-कसले के भने वा विरोध गरे अथवा कुन नेता पहाड़मा आउँदै छन् वा जाँदैछन्, यी विषयहरू भन्दा पनि महत्वपूर्ण विषय यो हो कि पहाड़को जनतालाई जे आश्वासन केन्द्र सरकार वा राज्य सरकारले दिएका छन्, उक्त विषय-वस्तु वा माग व्यावहारिक रूपमा पूरा गरेको छन् वा छैनन्, त्यो महत्वपूर्ण विषय हो। कुनै नेता वा मन्त्री पहाड़मा आउनु वा जानु ठूलो विषय होइन। पहाड़का जनतालाई जे दिन्छु भनेका थिए त्यो कहिले दिने हो, उक्त विषय महत्वपुर्ण रहेको छ।
यहाँ केन्द्र अनि राज्य सरकार दुवैले नै पहाड़का जनतालाई विभिन्न विषयहरूमा दिग्भ्रमित बनाई रहेको छन्। जनता सतर्क हुनु अनि एकबद्ध हुनु अति आवश्यक छ।
शर्माले थप जनाए अनुसार, चिया श्रमिकहरूको न्यूनतम रोजको निम्ति दुवै सरकारको नेतृत्वहरूद्वारा केवल झूठो आश्वासन दिने कार्य भइरहेको छ। आईजीजेएफ पार्टीको स्थापना नै छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई लिएर भएको हो। उक्त मागमा सबै एक भएर अघि बढ्नु पर्ने शर्माले बताए। विगत 15-20 वर्ष देखि केन्द्रको भाजपा सरकारले आफूले वाचा गरेको पूरा गरेको छैन, यसले बुझिन्छ कि भाजपा स्मलर स्टेट्सको फेवरमा नरहेर केवल स्मलर स्टेट्सको फ्लेवरमा पहाड़बाट भोट बटुल्ने कार्य गरिरहेको छ। तिनले केन्द्र अनि राज्य सरकार दुवैले पहाड़ र पहाड़का जानताको निम्ति केही नगरेको आरोप लगाउदै जनता सचेत नभए आगामी समयमा अझ ठगिने पनि सतर्क गराए।












