खरसाङ, (निसं): हिल तृणमूल कांग्रेसको माईनोरिटी सेलद्वारा खरसाङ्मा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको 71 आैँं जन्म दिन पालन गरिएको छ। खरसाङ्को हिल तृणमूल कांग्रेसको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्रीको जन्मदिन केक काटेर मनाएका छन्। यस अवसरमा हिल तृणमूल कांग्रेस माइनोरिटी सेलको दार्जीलिङ जिल्लाको उप सभापति सराफत अली, खरसाङ टाउन कमिटीको उप सभापति असफक हुसेन लगायत अन्यहरु उपस्थित रहेका थिए।
यस अवसरमा बोल्दै हिल तृणमूल कांग्रेस माइनोरिटी सेलको दार्जीलिङ जिल्लाका उप सभापति सराफत अलिले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको जन्म 5 जनवरी 1955 सालमा भएको र सोमवार मुख्यमन्त्री ममता ब्यानर्जीको जन्म दिन पालन गरिएको जानकारी गराएका छन्। उनले आफुहरु मुख्यमन्त्री ममता ब्यानर्जीको अगुवाईमा काम गर्न सदैव तयार रहेको र मुख्यमन्त्रीको अगुवाईमा काम गर्न खुशी लाग्ने पनि बताएका छन्।












