अखिल भारतीय गुरुङ तमु बौद्ध संगठन खरसाङ महकुमा समितिको आयोजमा सांस्कृतिक पर्व स्योकै

Share this news

खरसाङ,  (निसं)ः अखिल भारतीय गुरुङ तमु बौद्ध संगठन खरसाङ महकुमा समितिको आयोजमा लोसारपछि पालन गरिने सांस्कृतिक पर्व स्योकै (बनभोज) कार्यक्रम भब्यताको साथ सम्पन्न भयो। यस कार्यक्रममा खरसाङ महकुमा अन्तर्गतका विभिन्न शाखाहरूबाट तमुस्योहरूको सहभागिता रहेको थियो। दुधेको आँपेटारमा सम्पन्न भएको यो कार्यक्रम ल्होसारपछि गरिने स्योकै सांस्कृतिक कार्यक्रम हो र यसको अलगै महत्व रहेको हुन्छ भनी अखिल भारतीय गुरुङ तमु बौद्ध सङ्गठनका केन्द्रीय समिति अध्यक्ष आनन्द तमुले बताएका छन्‌‍। तिनले भने, गुरुङ भाषामा स्यो भनेको खोला हो, स्योकै भनेको खोलाको बगरमा बनभात खेल्ने कार्यक्रम बुझिन्छ। यसैलाई गुरुङ समुदायले एक चाड़को रुपमा पालन गर्ने गर्छ।

सङ्गठनको खरसाङ महकुमा समिति सचिव सुधीर गुरुङ र उत्तम गुरुङले स्योकै कार्यक्रमलाई सञ्चालन गरेका थिए। कार्यक्रम आरम्भ गर्न अघि सङ्गठनका सदस्य स्वर्गीय उर्मिला गुरुङ्को आत्मा शान्तिको निम्ति एक मिनट मौन धारण गरिएको थियो। खरसाङ नगरपालिका प्रशासनिक बोर्डका चेयरमेन बृगेन गुरुङ, सङ्गठनका सक्रिय सदस्य खगेन्द्र गुरुङ लगायत प्रत्येक शाखाबाट प्रतिनिधित्व गरेर आएका अम्बटे शाखाका बसन्ती गुरुङ र उनको टोली, घलेटार शाखालाई प्रतिनिधित्व गर्दै पुष्प गुरुङ, रोहिणी शाखालाई प्रतनिधित्व गर्दै किरण गुरुङ, गोराबारी शाखालाई प्रतिनिधित्व गर्दै मदन गुरुङ, नाली चउर शाखाका सभापति सुदर्शन गरुङ अनि उनको टोली, कालेबुङ महकुमा समितिका मुल सचिव भीम गुरुङ, सिलगढ़ी महकुमा समितिका मूल सचिव सदिप गुरुङ साथै अन्य स्थानहरुबाट तमु समुदायका सदस्यहरू बृहत रुपमा कार्यक्रममा उपस्थित रहेका थिए ।

कार्यक्रममा तमु कलाकारहरू दाछिकी गुरुङ, सुधा गुरुङ अनिता गुरुङ, बसन्ती गुरुङ र साथिहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। सुचारु अनि सफलता पूर्वक स्योकै सम्पन्न गरिएकोमा खरसाङ महकुमा समितिका सभापति केबी गुरुङ, मूल सचिव सुधीर गुरुङ, कोषाध्यक्ष केके गुरुङ, कार्यकारिणी समिति सदस्यहरू प्रणिता गुरुङ, सप्त गुरुङ, अजय गुरुङ, उत्तम गुरुङ, केन्द्रीय सल्लाहकार सरस्वती गुरुङ, शरण गुरुङ अनि समुहलाई उपस्थित तमु सदस्यहरूले आभार प्रकट गरे। गुरुङ जातिको हक, हित र अधिकारको निम्ति गुरुङ समुदाय एक हुने प्रतिबद्धता जाहेर गर्दै गुरुङ समुदायलाई जनजाति प्राप्तिमा संघर्ष गरिरहने कार्यक्रममा वक्ताहरुले बताए सङ्गठनका सचिव सुधीर गुरुङले थप बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ