Devilal Pradhan's gratitude towards "Randhoj Nemwang Memorial Commemoration" by playing football to build strong relations and promote tourism.
Devilal Pradhan's gratitude towards "Randhoj Nemwang Memorial Commemoration" by playing football to build strong relations and promote tourism.

“रन्धोज नेम्वाङ स्मृति प्रष्ठान”प्रति देवीलाल प्रधानको कृतज्ञता

Share this news

“रन्धोज नेम्वाङ स्मृति प्रष्ठान” दमक, नेपालद्वारा मिरिकको सिंगबुली चियाकमानका समाजसेवी र साहित्य साधक देवीलाल प्रधान शनिबार सम्मानित भएका छन्। भारतको दार्जीलिङ जिल्ला अन्तर्गत मिरिकको सिंगबुली चियाकमानमा रहेर विभिन्न साहित्यिक सामाजिक संघ- संस्थाहरुसित आबद्ध रहि भाषा साहित्य र कला तथा सञ्चार क्षेत्रमा अतुलनीय योगदान र नेपालका विभिन्न संघ- संस्था हरुसित पनि जोडिएर नेपाल र भारतका नेपाली भाषी श्रष्टाहरु बीचमा समन्वयको महत्वपूर्ण भूमिका निर्बाह गर्दै आइरहेकोमा उक्त प्रतिष्ठानले देवीलाल प्रधानलाई यो सम्मान दिएको हो। प्रतिष्ठानले यो सम्मान मुन्धुमविद् याकथुङ लिम्बुका सर्जक एवं प्रतिवादक स्व. रन्धोज नेम्वाङ “रङसाङ” को १०९ औं जन्म जयन्तीको उपलक्ष्यमा उनैको सालिग अनावरण साथै विद्वान रन्धोज नेम्वाङमाथि नै तयार पारिएको दुइवटा कृतिको लोकार्पण कार्यक्रममा गरिएको थियो। यसरी सम्मान हुनेहरुमा सिक्किम, कालेबुङ र दार्जीलिङका विभिन्न विधाका श्रष्टाहरु लगायत मिरिकका लेखिका तथा कवि डा. कमला तामाङलाई पनि वहाँहरुको आ- आफ्नो विधा अनुसार सम्मान जनाइएको थियो। यसक्रममा देवीलाल प्रधानले, यसरी विद्वान लेखक लेखिकाहरुको पङ्तिमा आफू जस्ता साधरण व्यात्तिलाई समावेश गरिदिनु भएकोमा प्रतिष्ठानका सचिव तथा मुर्तिकार हिम्मत नेम्वाङज्युप्रति आभारी रहेको बताए। उनले आफ्नो भावना व्यक्त गर्दै भने, हाम्रो जीवनको वरिपरी दुइथरिका मानिसहरु हुन्छन्। एउटा थरिमा इर्ष्यालु र आलोचकहरु हुन्छन् भने अर्को थरिमा हौसला दिने प्रेरणा दिने शुभचिन्तकहरु हुन्छन्। तर यी दुवैथरिका मानिसहरुको हाम्रो जीवनमा आवश्यक्ता पर्छ। इर्ष्यालुलुहरुको डाह र आलोचकहरुको आलोचनाले पनि आफुलाई अदृष्य प्रेरणा दिन्छ। तर यी दुइ थरिका मानिसहरुबाट पाएका प्रेरणाहरु राख्ने आ-आफ्नो ठाउँ छ। जबकि इर्ष्यालु र आलोचकको प्रेरणालाई मनमा राखिन्छ भने शुभचिन्तकहरुको प्रेरणा र हौसलालाई शिरमा राखेर अघि बडिन्छ। म यहि गरिरहेछु।
अन्तमा देवीलाल प्रधानले, प्रतिष्ठानको उत्तरोत्तरको प्रगतिको कामना गरेका छन्। यसरी नै मफसल अनलाइन पत्रिकाका सम्पादक तथा स्वामी श्री भरत प्रसाईप्रति आभार व्यक्त गरेका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ