खरसाङको टुरिष्ट लज नजिक पानी चुहुने समस्याले सड़क भत्किने क्रम जारी

Share this news

खरसाङ,  (निसं)ः एकातिर खरसाङ शहरको विभिन्न स्थानमा पिउने पानी नगरवासीले किनेर चलाइरहेका छन्‌‍ भने खरसाङ्को टुरिष्ट लज नजिक राष्ट्रिय राजमार्ग 110 मा निरन्तर पानी बग्ने समस्या अहिलेसम्म यथावत छ। सड़क माथि रेलको लिक किनारबाट लगिएको पानीको पाइपहरूबाट पानी चुहेकोले यहाँ हिउँदो-वर्षा पानी बग्ने गरेको पाइएको छ। माथिबाट चुहेर सड़कमा बगेको पानी कुनै समय रिलायन्स स्मार्ट बजारसम्म आउने गरेको पाइएको छ। माथिको पाइपबाट चुहेर आएको पानीको कारण यो सड़क टिकाउ नहुने गरेको पनि धेरै मानिसहरूको दावी छ।

मुख्यमन्त्री अक्टोबर महिनामा दार्जीलिङ आएकी समयमा यो सड़कमा रहेको खाल्डाहरू पुर्ने कार्य गरिएको थियो भने वर्तमानमा सड़क भत्किएर पुनः खाल्डा बनेको छ। राष्ट्रिय राजमार्ग 110 को यो स्थानबाट उकालो हिमाली बोर्डङ स्कूल तर्फ जाने सड़क रहेको छ भने उत्तर तर्फको ओह्रालो कप्तान सुरज शर्मा पथ (बाइपास रोड) रहेको छ। यसैले राष्ट्रिय राजमार्गको यो स्थान एउटा व्यस्त र महत्वको स्थान हो। यस स्थानमा सड़क भत्किएको अथवा बारम्बार भत्किने गरेकोले दुर्घटनाको सम्भावना रहने जनसाधरणको भनाइ छ।

माथिबाट आएको पानी सड़कमा बहने गरेको र सड़कमा रहेको खाल्डाहरूमा पानी जमिने गरेकोले पैदल हिँड़ने मानिसहरूले पनि समस्या भएको गुनासो गरेका छन्‌‍। मानिसहरूले कुनै समय गाड़ीले खाल्डाको पानी छेपेर भिजाउने गरेको बताएका छन्‌‍। धेरै मानिसहरूले राष्ट्रिय राजमार्गको यस स्थानमा लगतार चुहुने पानी स्थायी रुपमा बन्द गर्नु पर्ने पनि माग गरेका छन्‌‍। शहरको लगभग सबै स्थानमा पिउने पानीको अभाव रहेको समयमा यसरी शहरको कुनै स्थानमा पाइपबाट पानी चुहेर बाहिर निरन्तर बग्नु खेदको कुरो हो भनी मानिसहरूले बताएका छन्‌‍। जनसाधरण, चालक, दुईचक्के सवारहरूले यहाँ चुहुने पानीको समस्यालाई स्थायी समाधान गरिएको खण्डमा सड़क भत्किने क्रम रोकिने बताउदै यसको निम्ति सम्बन्धित निकायले कार्य गर्न पर्ने बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ