तीनधारे, (निसं)ः भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय महासचिव अमर लामाले दुई दिनको निम्ति घैयाबारी क्षेत्रको भ्रमण गरेर पार्टी कार्यकर्ताहरुसित भेटघाट गरेर पार्टीको सांगठनिक गतिविधि विषयमा चर्चा परिचर्चा गरेका थिए। यसै क्रममा उनले पहिलो दिन पार्टीका प्रतिनिधि, पञ्चायत समति सदस्य, ग्राम पञ्चायत सदस्यहरुसँग भेटघाट गरेका थिए। यस अवसरमा महानदी तीनधारे समष्टिका सभापति राजीव थापा, समष्टि युवा शक्ति एंव घैयाबारी तीनका उप-प्रधान केवल राई, समष्टि प्रवक्ता बिपन विश्वकर्मा, महानदी ग्राम पञ्चायत समिति सदस्य कुसाङ लामा, घैयाबारी 256 बुथका सचिव शंकु खवास, जीटीए कर्मचारी संगठनका युवराज प्रधान अनि पार्टीका अन्य सदस्यहरुले खदा लगाएर स्वागत गरेका थिए।
दोस्रो दिन महासचिव अमर लामाले घैयाबारी प्राथमिक स्वस्थ्य केन्द्रको पनि भ्रमण गरेर अस्पतालको समस्यहरुबारे जानकारी लिएका थिए। त्यसपछि घैयाबारी क्षेत्रका भूतपूर्व सैनिक संगठनका प्रतिनिधिहरूले भेट गरेर घैयाबारी क्षेत्रमा वीर शहीदहरुको नाममा एउटा वार मेमोरियल बनाईदिने प्रस्ताव राखे। त्यसपछि घैयाबारीस्थित समष्टि पार्टी कार्यालयमा घैयाबारी क्षेत्रका विभिन्न संघ-संस्था, समाज, पार्टीका संगठनका प्रतिनिधिहरूसित भेट गरे, महानदी तीनधारे समष्टिका विद्यार्थी संगठनका सभापति सुभम प्रधानको अगुवाईमा विद्यार्थीहरुको विभिन्न समस्याबारे चर्चा परिचर्चा गरिएको थियो। यसै भेटघाटको क्रममा खरसाङ लगायत घैयाबारी क्षेत्रका जीटीए कर्मचारी संगठनले पनि उनी समक्ष संगठनको विभिन्न माग अनि समस्याहरु समाधान गरिदिने भनी प्रस्ताव राखेको थियो। लामाले घैयाबारीस्थित गुरूङ गुम्बामा पनि गएर दर्शन गरेका थिए।
उनको यस दुई दिनको कार्यक्रममा घैयाबारी ग्राम पञ्चायत समिति एंव कर्माध्यक्ष दावा वाङदी लामा, 257 बुथको सभापति नरेन राई, सचिव नवराज प्रधान, घैयाबरी तीन ग्राम पञ्चायत ब्लकका सचिव धिरेन प्रधान, पञ्चायत सदस्य अनिल तामाङ लगायत पार्टीका अन्य प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो।












