विभिन्न विद्यालयका विद्यार्थीहरूलाई लिएर वार्षिक खेलकुद

Share this news

खरसाङ,  (निसं)ः विभिन्न विद्यालयहरुका विद्यार्थीहरुलाई लिएर वार्षिक खेलकूद समारोह सम्पन्न भएको छ। मङपू मोडेल लेबर वेलफेयर सेन्टरको आयोजनामा तथा वेस्ट बंगाल लेबर वेलफेयर बोर्ड (नर्थइष्ट रिजन) को प्रायोजनमा मङपू जन मैदानमा विभिन्न विद्यालयका छात्र-छात्राहरूको सहभागितासहित वार्षिक खेलकूद समारोह भव्य रूपमा सम्पन्न भएको छ। उक्त खेलकूद समारोहमा मङ्पू क्षेत्रका विभिन्न प्राथमिक तथा उच्च विद्यालयहरूबाट सयभन्दा बढ़ी विद्यार्थीहरूले उत्साह, अनुशासन र खेलभावनाको साथ सहभागिता जनाएका थिए। विभिन्न खेल प्रतिस्पर्धाहरूमा विद्यार्थीहरूले आफ्नो प्रतिभा, लगनशीलता र आत्मविश्वास प्रदर्शन गर्दै कार्यक्रमलाई जीवन्त बनाएका थिए। खेलकूद समारोहमा सहभागी विद्यालयहरूका शिक्षक-शिक्षिकाहरू, अभिभावकहरू तथा क्षेत्रका गण्यमान्य व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। खेलकूदका विभिन्न प्रतिस्पर्धामा प्रथम, दोस्रो तथा तेस्रो स्थान हासिल गर्ने प्रतियोगीहरूलाई मेडल, प्रमाणपत्र तथा आकर्षक पुरस्कारहरू प्रदान गरियो।

यस अवसरमा आयोजक समितिको तर्फबाट मङपू मोडेल लेबर वेलफेयर सेन्टरकी प्रभारी सदुमा छेत्रीले जानकारी दिँदै भनिन्‌‍, आज सम्पन्न क्षेत्रस्तरीय खेलकूद समारोहमा प्रथम स्थान हासिल गर्ने प्रतियोगीहरूले यही जनवरी महिनामा कलकत्तामा आयोजना हुने राज्यस्तरीय खेलकूद प्रतियोगितामा मङपू क्षेत्रको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन्‌‍। उनले थप स्पष्ट पार्दै भनिन्‌‍, राज्यस्तरीय प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरूको यातायात, बसोबास तथा आवश्यक सम्पूर्ण व्यवस्थापन विभागद्वारा नै गरिनेछ, जसले गर्दा विद्यार्थीहरू निश्चिन्त रूपमा आफ्नो प्रदर्शनमा केन्द्रित हुन सकून्‌‍। प्रभारी छेत्रीले वेस्ट बंगाल लेबर वेलफेयर बोर्डले विद्यार्थी बाल-बालिकाहरूलाई केवल शैक्षिक क्षेत्रमा मात्र नभई कला, संगीत, खेलकूद तथा अन्य सृजनात्मक गतिविधिहरूमा पनि अघि बढ़ाउन निरन्तर प्रयास गर्दै आइरहेको उल्लेख गरिन्‌‍। विभागले नियमित रूपमा विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रमहरू आयोजना गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा योगदान पुऱ्याउँदै आएको र धेरै वर्षदेखि विद्यार्थीहरूलाई कलकत्तामा आयोजित राज्यस्तरीय मञ्चहरूमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको पनि उनले बताइन्‌‍।

उनले यस वार्षिक खेलकूद समारोह सफल, अनुशासित र भव्य रूपमा सम्पन्न भएको जनाउँदै उनले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुऱ्याउने विभिन्न विद्यालयका शिक्षक-शिक्षिका, स्वयंसेवक, अभिभावक तथा सम्पूर्ण सहयोगीहरूप्रति आयोजक समितिको तर्फबाट हार्दिक आभार व्यक्त गरेकी छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ