MP Raju Bista went to the theater with his family to watch the movie 'Dhamilo Pahad'
MP Raju Bista went to the theater with his family to watch the movie 'Dhamilo Pahad'

सांसद राजु विष्ट सपरिवार थिएटर पुगे फिल्म ‘धमिलो पहाड’ हेर्न

Share this news

दार्जीलिङका सांसद राजु विष्ट आइतबार सपरिवार सिलगडीस्थित थिएटरमा चलचित्र ‘धमिलो पहाड’ हेर्न पुगेका थिए। दर्शकहरूको उल्लेख्य उपस्थिति र खचाखच भरिएको हलबीच चलचित्र प्रदर्शन अघि एक औपचारिक कार्यक्रमसमेत आयोजना गरिएको थियो। नेपाली चलचित्र ‘धमिलो पहाड़’-को विशेष स्क्रिनिङमा मुख्य अतिथिको रूपमा निम्त्याइएको भए तापनि एक दर्शकको रूपमा त्यहाँ उपस्थित हुन पाउँदा आफूलाई धेरै खुशी लागेको, गोर्खा समुदायको व्यथा-कथालाई सिनेमाको पर्दामा उतार्ने जमर्को गरेका हाम्रा उत्साही नेपाली सिने निर्माता टोली अनि यससँग संलग्न सबै कलाकार एवम् सिने-कर्मीहरूप्रति कलाकारहरूप्रति गर्व अनुभव भएको विष्टले बताए।
गोर्खा समुदायको व्यथा-कथालाई लिएर आजपर्यन्त ओझेलमा रहेको इतिहास अनि सच्चाइलाई प्रभावशाली ढङ्गले सिनेमाको पर्दामा उतारेर ‘ओखली-ढिकी’ टीमले यस विधामा एउटा महत्त्वपूर्ण योगदान गरेको छ। विशेषगरी दार्जीलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्रका गोर्खाहरूको ऐतिहासिक व्यथा र महत्त्वपूर्ण घटनाहरूलाई उज्यालोमा ल्याउने अनि हाम्रा कथाहरूलाई मुख्य धारामा ल्याउने ठूलो चुनौती स्वीकार गरेको छ जसका लागि सम्पूर्ण टीम वधाइको पात्र छ। सांसद विष्टले सबै दर्शकहरूलाई नजिकको सिनेमा हलमा गएर यो फिल्म अवश्य हेर्न आह्वान गरे।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ