लक्ष्मी छेत्री मिसेज नर्थ इष्ट इण्डिया 2025 विजेता

Share this news

खरसाङ,  (निसं)ः खरसाङ अप्पर डुमारम निवासी लक्ष्मी छेत्री स्पार्क मिसेज नर्थ इष्ट इण्डिया 2025 विजेता बनिन्‌‍।
गत 29 दिसम्बरको दिन असमको गुवाटीमा स्पार्क मिसेज नर्थ इष्ट इण्डिया 2025 को आयोजन भएको थियो। जसमा विभिन्न प्रान्तबाट दर्जनैाँं प्रतियोगीहरूले विभिन्न स्तरमा आयोजन भएको उक्त सौन्दर्य प्रतियोगितामा आफ्नो सहभागिता जनाएका थिए। खरसाङबाट पनि स्वनिर्भरताको क्षेत्रमा अघि बढ़िरहेकी लक्ष्मी छेत्रीले उक्त प्रतियोगितामा भाग लिएकी थिइन्‌‍। तिनी आफ्नो आत्म विश्वास अनि योग्यताले स्पार्क मिसेज नर्थ इष्ट इण्डिया 2025 को विजेता पनि बनिन्‌‍।
ज्ञात रहोस्‌‍, उनको जीवन यात्रा धैर्य, उद्देश्य र आत्मविश्वासको अनुपम उदाहरण हो। दुई दशकभन्दा बढ़ी समयदेखि लक्ष्मी विश्वप्रसिद्ध सौन्दर्य तथा स्वास्थ्य ब्रान्ड ओरिफ्लेमसँग आबद्ध छिन्‌‍। यो कम्पनीसित जोड़िएर तिनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धेरै सम्मान र उपलब्धि प्राप्त गरेकी छिन्‌‍।
निरन्तर सफलताले नयाँ क्षेत्र मोडेलिङ तथा सौन्दर्य प्रतियोगिताको यात्रातर्फ अग्रसर गराएको छेत्रीले बताएकरी छिन्‌‍। 2020 मा उनले अनु दास शो मार्फत आत्मविश्वासपूर्ण पदार्पण गरिन्‌‍, जहाँ उनले ‌‘मिसेस पपुलर‌’को उपाधि प्राप्त गरिन्‌‍। साहस, कठोर अभ्यास र अटल विश्वासका साथ गुवाहाटीमा आयोजित मिसेस नर्थ-इष्ट इण्डिया 2025 को भव्य मञ्चमा उभिएकी तिनले बताएकी छिन्‌‍। तिनले आफ्नो यो सफलतामा आफ्नो बहिनी जमुना शर्मले धेरै साथ दिएकी बताइन्‌‍, आफू दुई सन्तानकी आमा रहेकी बताउदै आफ्नो पछिल्लो सन्तान तीन वर्षको रहेको र यति सानो नानीलाई छोड़ेर प्रतियोगितामा अंशग्रहण गर्न गुवाहाटी पुगेर कठोर मेहनत गरेकी थिएँ भनी तिनले जनाइन्‌‍। उक्त प्रतियोगितामा तिनले आफ्नो सपनाको मुकुट प्राप्त गर्न सफल बनेको बताउदै उनी उपाधि विजेता ताजले प्रापक मात्र बनिनन्‌‍ एक प्रेरणादायी घरोहरले पनि सम्मानित बनेकी जानकारी गराइन्‌‍।
तिनले भनिन्‌‍, सपना र सफलताको कुनै उमेर हुँदैन, सफलताको कुनै छोटो बाटो पनि हुँदैन र निरन्तर प्रयासले सफलता अवश्यै दिलाउछ भन्ने कुरो यस प्रतियोगितामा मैले पाएको सफलताले बुझाएको छ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ