गोरामुमो सुवासवादीप्रति गोरामुमोको कड़ा आपत्ती

Share this news

सोानादा , (निसं): गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) खरसाङ ब्राञ्च कमिटीका प्रचारप्रसार सचिव भुपेन गुरुङले आफ्नो एक प्रेस विज्ञप्ति जारी गर्दै केही दिनअघि खोलिएको नयाँ राजनीतिक दल “गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (सुवासवादी)” नामप्रति कड़ा आपत्ति जनाएका छन्‌‍। भुपेन गुरुङले उक्त दलमाथि तीव्र विरोध जनाउँदै प्रश्न गरेका छन्‌‍,“2007 सालमा पार्टीमाथि बज्रपात पर्दा पार्टी छोड़ेर जानेहरू र 2011 सालमा आफ्नो स्वार्थ बचाउन टीएमसीको झण्डा समात्नेहरू कसरी सुवासवादी हुन सक्छन्‌‍।” उनले स्पष्ट शब्दमा भनेका छन्‌‍,“हामी 1986 मा पनि थियौं, 2007 मा पनि थियौंँ र आज पनि निरन्तर जाति र माटोको उन्मुक्तिका लागि संघर्षरत छौंँ। पार्टी अध्यक्ष मन घिसिङ्को हात बलियो बनाउन निरन्तर लागिरहेका छौं। हामी नै खाँटी सुवासवादी हौंँ।

पार्टीलाई गाह्रो पर्दा छोड़ेर जानेहरू कसरी सुवासवादी भए ”भुपेन गुरुङले थप प्रश्न गर्दै भने,“जुन बेला पार्टी सत्तामा थियो, त्यतिबेला तिमीहरू कुर्सीमा थियैाँं। त्यो समय पार्टीका संस्थापक अध्यक्ष सुवास घिसिङले जे भने पनि राज्य सरकार र केन्द्र सरकारले सुन्थ्यो र मान्थ्यो। अहिलेको राजनीतिक परिस्थिति त्यस्तो छैन। तर पनि अध्यक्ष मन घिसिङ्को कुशल राजनीतिक नेतृत्व र दूरदर्शिताका कारण भारत सरकारले गोर्खाहरूको समस्या सुनेको छ र वार्ता बसेको छ। भविष्यमा वार्ता बस्छ भने त्यो गोरामुमो र अध्यक्ष मन घिसिङसँग नै बस्छ।2007 सालमा छैटौं अनुसूचीको विरोध गर्नेहरू आज दलमा सामेल भएकाहरू कसरी सुवासवादी भए भनी उनले गम्भीर प्रश्न उठाएका छन्‌‍।

भुपेन गुरुङले गोरामुमोको ऐतिहासिक पृष्ठभूमि स्मरण गराउँदै भने, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा 1980 सालमा संस्थापक अध्यक्ष सुवास घिसिङद्वारा स्थापना गरिएको हो। गोर्खाहरूको हक र अधिकारको निम्ति 1986 मा ऐतिहासिक आन्दोलन गरिएको थियो, जसको परिणामस्वरूप 1988 सालमा राज्य सरकार, भारत सरकार र सुवास घिसिङबीच गोर्खा एकर्ड भएको थियो। सोही एकर्डमार्फत गोर्खाहरूले किपट र नागरिकताको अधिकार हासिल गरेका हुन्‌‍। त्यस समयमा गोरामुमो भारतको निर्वाचन आयोगमा दर्ता भएको थिएन। उनले नयाँ दललाई लक्षित गर्दै भने ,“यदि त्यसैलाई आधार मान्ने हो भने, तपाईंहरूले खोलेको दल पनि अहिलेसम्म निर्वाचन आयोगमा दर्ता भएको छैन। त्यसैले पहिले आफ्नो दल दर्ता गर्नुहोस्‌‍।”गुरुङले स्पष्ट पारे कि,“गोरामुमो डिलिस्टिङ भएको छैन। चुनाव नलडेको कारण निर्वाचन आयोगले केवल नोटिस मात्र पठाएको हो। यस विषयमा पनि पार्टी अध्यक्ष मन घिसिङले दिल्लीमा निर्वाचन आयोगसमक्ष आवश्यक प्रक्रिया अघि बढ़ाइसक्नु भएको छ।‌’ उनले गोरामुमोप्रति जनताको विश्वास अझै मजबुत रहेको उल्लेख गर्दै, सुवास घिसिङ्को विचार, सिद्धान्त र संघर्षको विरासत बोकेको एकमात्र राजनीतिक शक्ति गोर्खा राष्ट्रिय मुक्ति मोर्चा नै हो भन्ने कुरा पुनः स्पष्ट पारेका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ