खरसाङ, (निसं): खरसाङको राष्ट्रिय राजमार्ग 110 मा बाघ दोकान नजिक एउटा गाड़ी दुर्घटना भएको छ। त्यहाँको पार्किङ स्थलमा त्यहाँ खटिएका सुरक्षा कर्मीले वाहन पार्किङ गरिरहेको अवधिमा गाड़ी दुर्घटना भएर एउटा घरमा ठोकिन पुग्यो। यस दुर्घटनामा वाहन अनि घर क्षतिग्रस्त भएको छ भने त्यहाँ खटिएका सुरक्षा कर्मीलाई चोट पटक लागेको छ। उपचारको निम्ति सुरक्षा कर्मीलाई अस्पताल पठाइएको छ।












